कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २७ फागुन । हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयका परियोजनाहरू प्रस्तुत गरेका थिए ।
प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अङ्ग्रेजी भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण र आर्ट एन्ड क्राफ्टलगायतका विषयमा तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले खेर गएका वस्तुहरूको प्रयोग गरी कलात्मक सामग्रीहरू बनाएर आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका थिए ।
विषयगत परियोजना प्रदर्शनीबाहेक उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी शैक्षिक खेलहरूको प्रदर्शनी गरिएका थियो । प्रदर्शनीमा स्काउट गतिविधिअन्तर्गत भएका Tristle Bridge, Tyre wall, Sun Blindness, Put the Bindi, Target Point / Pillow Fighting जस्ता आकर्षक प्रस्तुतिहरूले सबैको ध्यान खिचेको थियो ।
विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासूले यस्ता परियोजना कार्यहरूले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान बढ्ने, स्वअध्ययनको बानी विकास हुने, सहकार्यको भावना सिक्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास पनि बढ्ने बताउनुभयो । “हामी विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान पनि दिन चाहन्छौँ । यस्ता प्रदर्शनीले उनीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो ।
प्रदर्शनीमा ९४ जना विद्यार्थीले परियोजना प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूबाहेक सूर्यदीप इङ्गलिश सेकेन्डरी स्कूल, विद्या आर्जन इङ्गलिश स्कूल, जागृति माध्यमिक विद्यालय, ज्ञान विजय आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले पनि सो प्रदर्शनीको अवलोकन गरेका थिए ।
Leave a Reply