जिम्न्यास्टिक खेलाडी विष्णुनारायण ग्वाछासँग एकछिन
- बैशाख २, २०८२
भक्तपुर, २७ फागुन । १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपटक पनि भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २४ गतेदेखि फागुन २६ गतेसम्म भएको उक्त प्रतियोगितामा भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, १९ रजत र ३८ कास्यसहित ९४ पदक जित्दै १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिकाको टीम प्रथम हुन सफल भएको हो ।
मध्यपुर नगरपालिका १५ स्वर्ण, १९ रजत र ३० कास्यसहित ६८ मेडलका साथ उक्त प्रतियोगितामा द्वितीय हुन सफल भयो । चाँगुनारायण नगरपालिका १२ स्वर्ण, २५ रजत र १८ कास्यका साथ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय भयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते, भलिबल, कबड्डी, उसु, तेक्वान्डो र एथलेटिक्स गरी ६ वटा खेलमा प्रतिस्पर्धा भएको थियो ।
भक्तपुर नगरपालिकाले उसु खेलमा ५ स्वर्ण, ६ कास्य र १० कास्य जितेको हो । त्यसैगरी, भलिबल खेलको महिला र पुरुष दुवैमा स्वर्ण पदक भक्तपुर नगरपालिकाले जितेको थियो ।
एथ्लेटिक्स खेलमा भक्तपुर नगरपालिकाले १३ स्वर्ण, ६ रजत र ८ कास्य जित्न सफल भएको थियो ।
त्यस्तै, तेक्वान्डो खेलमा १० स्वर्ण, ४ रजत र ११ कास्य भक्तपुर नगरपालिकाले पाएको थियो ।
कबड्डीको महिला र पुरुष दुवै खेलको स्वर्ण, १ रजत र ३ कास्य भक्तपुर नगरपालिकाले जित हासिल गरेको थियो ।
प्रतियोगिताको अन्तिम दिन चाँगुनारायण नगरपालिकाको तपा डम्फोमा भएको कराँते खेलमा ५ स्वर्ण, २ रजत र ६ कास्य भक्तपुर नगरपालिकाले जितेको थियो ।
सोही क्रममा प्रतियोगितामा विजयी खेलाडीहरूलाई मेडल प्रमाणपत्र वितरण तथा नगरपालिकालाई शिल्ड वितरण कार्यक्रम सम्पन्न भयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरपालिकाको तर्फबाट शिल्ड ग्रहण गर्नुभएको थियो ।
सदस्य रामसुन्दर बासीका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औँ, १२ औँ र यो वर्षको १३ औँ गरी भक्तपुर नगरपालिकाले लगातार तीनपटक भक्तपुर नगरपालिकाको टीम प्रथम हुन सफल भएको हो ।
रनिङ शिल्डको नियमअनुसार भक्तपुर नगरपालिकाले अब राष्ट्रपति रनिङ शिल्ड फिर्ता गर्नुपर्ने छैन भने आयोजक टीमले अर्को वर्षको लागि नयाँ रनिङ शिल्डको व्यवस्था गर्नेछ ।
Leave a Reply