क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
स्ववियु निर्वाचन यही चैत ५ गते छिटपुट क्याम्पसमा बाहेक सबैतिर शान्तिपूर्ण रूपमा सकियो । चितवनमा शासक दलका विद्यार्थीहरूले गठबन्धन गरेर अन्य विद्यार्थी सङ्गठनहरूलाई चुनावमा भाग लिन नै दिएनन् । नेक्राविसङ्ले त्यसको प्रतिकार गर्यो । नेक्राविसङ्का विद्यार्थीहरूले हुलहुज्जतको सामना गर्नुपर्यो ।
विद्यार्थीहरूको यो चुनाव एक–दुई वर्ष पहिले हुनुपर्ने थियो । तर, विभिन्न कारणले हुन सकेन । यसपालिको चुनावमा पनि एकदमै कम समय दिएर स्ववियुको निर्वाचन त्रिवि प्रशासकहरूले सिध्याउने काम गरे । किन यस्तो ग¥यो र भन्नेबारेमा क्याम्पस–क्याम्पसमा चर्चा हुँदै छ ।
गत फागुन १६–२० गतेसम्म नेपाल मजदुर किसान पार्टीले आठौँ महाधिवेशन सम्पन्न गर्यो । विभिन्न ठाउँबाट ¥याली निकालेर महाधिवेशन उद्घाटन स्थल पुगेर उद्घाटन सभा सुरू भएको थियो । त्यस उद्घाटन ¥यालीमा साना विद्यार्थी प्रयोग भएको, माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओको फोटो बोकेको आदिबारेमा आफूलाई बुद्धिजीवी भन्ने व्यक्तिहरूले फेसबुकमा आफ्नो तीतो कुरा पोखे । ती फेसबुकले विद्यार्थीलाई दलगत राजनीतिबाट टाढा राख्नुपर्ने जस्ता गम्भीर कुरा उठाए । स्ववियु चुनाव प्रचारप्रसारको लागि समय नै नदिनु र विद्यार्थीहरूलाई राजनीतिबाट टाढा राख्नु दुवै देशलाई पछाडि धकेल्ने विदेशीहरूको चाल नै हो कि भन्नेमा शङ्का गर्ने ठाउँ छ ।
कुनै पनि किसिमको चुनाव (स्ववियु, स्थानीय, प्रदेश, प्रतिनिधिसभा) मा विद्यार्थी र जनतालाई देश–विदेशको बारेमा बहस गर्ने अवसर छ । चुनावमा क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठनको नीति, घोषणापत्र आदिमार्फत आ–आफ्नो कुरा विद्यार्थीसमक्ष राख्ने समय हुन्थ्यो । विद्यार्थीहरूले सबै सङ्गठनको घोषणापत्र पढेर र विद्यार्थी नेताहरूको भाषण सुनेर तिनीहरूले व्यक्त गरेका विचारबारे छलफल हुन्थ्यो । त्यही बहस या छलफलले विद्यार्थीको ज्ञानको भण्डार वृद्धि हुन्थ्यो । विद्यार्थीहरूमा विभिन्न सङ्गठनहरूको मन्तव्य सुनेर आलोचनात्मक दृष्टिकोणको विकास हुने कुरामा दुईमत नहोला । त्यही विद्यार्थीहरूले भोलि देशको लागि आवश्यक दक्ष जनशक्ति (नेता, इन्जिनियर, डाक्टर, प्रशासक आदि) को रूपमा देश र जनताको सेवामा लाग्ने अवसर पाउँथे ।
नेपाली काङ्ग्रेसका हालका युवा नेता भनिने गगन थापा, विश्वप्रकाश शर्मा, बालकृष्ण, खाँण आदि विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू हुन् । त्यस्तै एमालेका शङ्कर पोखरेल, योगेश भट्टराई, विद्या भट्टराई पनि विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू हुन् ।
पछि आउने नेता, सांसदहरू पनि तल्लै तहदेखिको राजनीतिक गतिविधिमा सरिक नभएका, देश–विदेशको इतिहास, भूगोल, राजनीति केही पनि थाहा नभएका व्यक्तिको हातमा शासनको बागडोर सुम्पिए देशको के हालत होला ? अहिले हाम्रोसामु ज्वलन्त उदाहरणको रूपमा युक्रेनको राष्ट्रपति जेलेन्स्कीलाई लिन सकिन्छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की पहिले एक हास्य कलाकार थिए । उनी टीभीमा हास्य कार्यक्रम चलाउँथे । उनले चलाएको (टीभी शो) युक्रेनमा एकदमै चलेको कार्यक्रम थियो । पछि उनले आफ्नै (टीभी शो) हास्य कार्यक्रमकै नामको पार्टी खोलेर चुनाव लडे र जिते । एक जना हास्य कलाकारले राजनीतिको कुटिल चाल नबुझेर, अमेरिकी छलको राजनीति बुझ्न नसकेर आज देशको सम्पत्ति बहुमूल्य खनिज अमेरिकालाई सुम्पनु पर्ने स्थितिमा पुगेको छ । धेरै युक्रेनी जनताको ज्यान गएको छ ।
देशका प्रशासक इन्जिनियरहरूले अङ्गे्रजी, देश–विदेशको इतिहास नबुझ्दा आफ्नो देश डुबानमा पर्ने गरी भारतलाई बाँध बनाउन स्वीकृति पत्रमा हस्ताक्षर गरेका छन् । विसं १८१५ को ब्रिटिससँग भएको सुगौली सन्धिबारे राम्रो ज्ञान, जानकारी नराख्दा महाकाली नदीको पानी आधा–आधा भनी महाकाली सन्धि गर्न पुगे । जसको परिणाम नेपालको कालापानी, लिम्पियाधुरा आदि क्षेत्र गुम्ने अवस्थामा पुगेको छ ।
देशका भविष्यका कर्णधार भनिने विद्यार्थीहरूलाई स्कूल जीवनदेखि नै देशको इतिहास, भूगोल, राजनीतिबारे उनीहरूले बुझ्ने क्षमताअनुसारको शिक्षा दिइराख्नुपर्ने आजको आवश्यकता हो । विद्यार्थी कालदेखि नै राजनीति गर्नुहुँदैन; राजनीतिमा लगाउनु हुँदैन भन्ने सोचले देशी–विदेशी प्रतिक्रियावादी शासकहरूको मात्र सेवा गर्नेछ । भोलि देशलाई आवश्यक पर्ने बेलामा यो हाम्रो समस्या होइन, शासकहरू भोग्छन् भनी चुप लागी बस्ने जमातको विकास गर्नु नै देशका शासक दलहरूको उद्देश्य हो ? अथवा विद्यार्थी जीवनदेखि नै आलोचनात्मक चेत भएका जनशक्ति विकास भए हाम्रो जागिर नै जान्छ कि भनेर डराएका हुन् ? छलफलको विषय भएको छ ।
देश विकासको लागि आवश्यक देशभक्त दक्ष जनशक्ति निर्माणका लागि विद्यालयस्तरदेखि नै इतिहास, भूगोल र राजनीति आदिबारे विद्यार्थीहरूलाई शिक्षा दिनु अब ढिलो भइसकेको छ । यो विषयमा गम्भीर भएर सबैले नसोचे भविष्यमा देशले धेरै गुमाउनु पर्नेछ ।
Leave a Reply