बालेन र रवि के राजनीतिक प्राणी हुन् !
- श्रावण ४, २०८३
सन्दर्भ : शोभा प्रधानको चौथो वार्षिक स्मृति सभा
Altruism का साक्षात् नमुना शोभा भाउजू
१० वर्षदेखि विदुर जीवन बाँचेसँगै देकोचास्थित मेरो निवासमा विभिन्न नखाचखाको बेला हुनुपर्ने परिकारहरू बन्ने गर्दैन । आफू र आफ्ना छोराछोरीलाई व, चतामारी, योमरी, मारी (गहुँको रोटी) समेबजी तथा अन्य नेवारी परिकार खान मात्र आउँछ तर पकाउन जान्दैनौँ । धेरै चोटि यसैकारण चाउचाउ एवम् सधैँजसो खाने सामान्य खानासँगै ती धार्मिक तथा परम्परागत उत्सवहरू मनायौँ । तः दिन वा सिति नखाको बेला हरेक नेवार परिवारमा चतामारी, व, समेबजी तथा मासुका विभिन्न परिकार तयार भएकै हुन्छ । गाईजात्राको बेला क्वाटी, रोटी र योमरी पुन्हीको समयमा प्रत्येक परिवारमा कुरौनी, मासु, चाकु, मास र मुसुरो भरिएको योमरी बनाइएको हुन्छ । मासुका विभिन्न परिकार, अचार, फलपूmल तथा दही सबैखाले नखाचखामा हुनैपर्छ । हाम्रो अवस्थालाई बुझेर हरेक वर्ष सम्भव नभए पनि कहिलेकाहीँ ससुराली, दिदी, भाउजू, भाञ्जी र बुहारीहरूले नखाचखाअनुसारका परिकारहरू घरमा ल्याइदिनुहुन्थ्यो । घर सम्हाल्ने गृहिणी नहुँदाको पीडा यहीँबेला फेरि बल्झिन्छ । अनि, स्वर सम्राट नारायण गोपालको यो कालजयी गीतले झस्काइदिन्छ –
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले पनि
फरक पर्दछ जिउनुमा
कब्जियत (Constipation) को समस्याले घरिघरि सताइरहने हुँदा चिकित्सकले बेलाबखत बेलुकी रोटी खानु र रोटी उपलब्ध नभएको हकमा सुत्नुअघि १५–२० मिनेट हिँड्डुल गर्न Evening walk (साँझको हिँड्डुल) सुझाएका थिए । जीवन सङ्गिनीले कहिल्यै नफर्किने गरी आफूलाई एक्लै छाडी गएदेखि रोटी खाने अवसर गुमेपछि हरेक साँझ सुत्नुअघि Evening walk लाई नित्यकर्म बनाएँ र हालसम्म कायमै छ । Evening walk ले पेटको आन्द्रालाई खुम्चिनबाट रोक्ने काम गर्छ । आन्द्रा फुलेपछि कब्जियतको समस्यामा सुधार हुने गर्छ ।
घरमा एकचोटि म एक्लै भएको थाहा पाएपछि भाउजूले खानाको लागि बोलाउनुभयो । भोजन गर्दैगर्दा यसअघि कहिल्यै नचाखेको ट्वाक्क परेको हरियो रङ्गको मीठो अचारबारे भाउजूलाई सोधेँ । त्यो त सुवेग (भाउजूको जेठो सुपुत्र) ले जापानबाट ल्याएको हरियो खोर्सानीको अचार पो रहेछ ! त्यो अचार मलाई औधी मन परेको भाउजूलाई थाहा भयो । केही दिनपछि सानो सीसीमा त्यस्तै अचार मकहाँ पठाइदिनुभयो । स्वाद त्यस्तै ट्वाक्क र मीठो तर सीसीमा टाँस गरिएको कागजले प्रस्ट भन्थ्यो । त्यो जापानमा बनेको अचार अवश्य होइन । त्यसको रहस्य जान्ने कौतूहललाई मैले काबुमा राख्न नसकेपछि ढिलो नगरिकन फोनबाट सोधनी गर्दा भाउजू आफैले तयार गरेको जापानिज अचार रहेछ† म त तीनछक्क परेँ ! मेसो मिलाई आउने बेला मलाई असाध्यै मनपर्ने त्यो जापानिज आचार बनाउन सिकाइदिने वाचाअनुरूप म भाउजूलाई भेट्न गएँ, अनि राम्ररी सिकेँ । उहाँको कृपाप्रति म नतमस्तक भएँ । यो मीठो क्षण उहाँले स्तन क्यान्सरमाथि विजय हासिल गर्नुभएपछिको हो । कमजोर आर्थिक अवस्थाका कारण हाम्रोजस्तो दलाल पुँजीवादी देशमा सर्वसाधारण जनतालाई औषधोपचार एउटा ठुलो ‘अभिशाप’ भइरहेको यथार्थलाई वागीश्वरी स्कूलका प्रावि शिक्षिका शोभा प्रधानले राम्ररी बोध गर्नुभएको थियो । त्यसकारण, सोही विद्यालयको शिक्षक–कर्मचारी स्वास्थ्य उपचार कोष खडा गरी त्यसमा धेरै नसके पनि उहाँले आफ्नो गच्छेअनुसार रु.२,००,०००।– (दुई लाख) को सहयोग गर्नुभएको मलाई थाहा छ ।
।७।
मेरो घरेलु दूर्दशासँग परिचित शोभा भाउजूले नखाचखाको बेला कमलविनायकमै सँगै मनाउन बोलाउनुहुन्थ्यो । तर, उहाँलाई दुःख दिन हाम्रो मनले पनि मान्दैनथ्यो । मेरो परिवारलाई झन्झट नहोस् भन्ने पवित्र मनले तिहारको म्हा पूजा पनि उतै मनाउन धेरैपटक भन्नुभयो । तर, चार जनाको हाम्रो परिवारमा तीन जना छोराछोरीबिचको सल्लाहले ‘जेठी माँ’ लाई दुःख दिनु ठीक ठानेनन् । यद्यपि, समयले साथ दिएको बखत विद्यालय सकाएर प्रायः शुक्रबारका दिन देकोचामा आउनुभइ हामी चार जनालाई पुग्ने गरी स्वारीजस्तो रोटी बनाएर जानुहुन्थ्यो । एकदिन अगावै समयको महत्वलाई ख्यालमा राखी रोटी बनाउन आवश्यक सामग्री ठिक्क पारी राख्न पूर्वजानकारी दिनुहुन्थ्यो । अनि, अर्काे शुक्रबारको पर्खाइमा बस्ने बानी बस्यो । कुनै कुनै शुक्रबारले हामीलाई झुक्याई पनि दिन्थ्यो । लामो समयपछि पनि धेरैवटा शुक्रबारले खाली हात हल्लाई गएपश्चात् मेरा छोराछोरीका जेठीमाँको उपस्थिति देकोचामा नहुँदा मनमा अनेक कुरा खेल्न थाले । बुझ्दा स्तनपछि पाठेघरको अर्बुद रोगसँगको सङ्घर्षमा जेठीमाँ अति व्यस्त हुनुभएको थाहा पायौँ । सबै जना दुःखी भयौँ । तैपनि, जेठीमाँसँग नानीहरूको र भाउजूसँग मेरो भेट भइरहन्थ्यो । रोगले उहाँलाई बेस्सरी चिमोट्न थालेदेखि देकोचामा गहुँको रोटी पनि पाक्न छोड्यो । आफ्नो स्वास्थ्यको ख्याल गर्दै कब्जियतबाट बच्न पुनः भ्खभलष्लन धबपि सुरु गरेँ । घरको जस्तो नभए पनि कहिलेकाहीँ विद्यालयको चमेनागृहमा पकाएको रोटी किनेर घर लाने गर्छु ।
‘अरुभन्दा नि मलाई दाइको सा¥है पिर लाग्छ’
हाम्रो समाजमा अझै पनि पत्नीले आफ्नो पतिको नाम उच्चारण गर्न हुँदैन भन्ने कथन छ । सायद त्यसैले होला, गाउँघरतिर श्रीमतीले आफ्नो श्रीमान्लाई बोलाउँदा ‘ए ¤ सानीका बा’, ‘ए ¤ बुढा’, ‘ए ¤ हजुर यता सन्नुस त’ भन्ने गर्छन् । आफूलाई पश्चिमी संसारको अत्याधुनिक वातावरणबाट प्रभावित भएजस्तो गरी देखाउनका लागि अचेल श्रीमतीले आफ्नो श्रीमान्लाई ‘Hi, handsome’ र श्रीमान्ले आफ्नी श्रीमतीलाई ‘Hi baby’ भनेर बोलाउने नयाँ चलनका बारे धेरैलाई थाहा छ । तर, नेमकिपाका अध्यक्षले आफ्नी श्रीमतीलाई ‘शोभा मिस’ र शोभा प्रधानजीले आफ्नो श्रीमान् (अध्यक्ष) लाई ‘दाइ’ भनेर सम्बोधन गर्नुहुन्थ्यो ।
पाटनको हरिसिद्धिस्थित Nepal Cancer Hospital and Research Centre मा शोभा भाउजूको औषधोपचार हुँदै थियो । उहाँको अवस्था जटिल भएको जानकारी दिइयो । अस्पतालको विभिन्न कक्ष र चउर आफन्तजन, शुभचिन्तक र पार्टीका साथीहरूले भरिएका थिए । उपस्थित सबैको अनुहार मलिन थियो । आफ्नी माइजूको कष्टकर अवस्थाको खबरले अस्पताल पुगेका बेचैन भान्जा राजन फाजूलाई अध्यक्षज्यूले “आजको ‘मजदुर’ मा प्रकाशित तिम्रो रचना हेर्न पाएको छैन† हेरेपछि प्रतिक्रिया दिउँला है !” भनेको सुनेपछि भान्जा बाबूलाई आफ्नो मामाप्रतिको विद्यमान सम्मान, आदर, मानभाउ र प्रतिष्ठाको उचाइ झनै बढेको अनुभूति भएछ । भोलिपल्ट उनले मसँग गर्वसाथ उनको भावना साझा गरे । यस्तो घनघोर छटपटिको अवस्था र आफू स्वयम् पनि हृदयविदारक क्षणमा हुँदा समेत नयाँ लेख– रचना सृजना गर्ने, नयाँ पुस्ताका युवालाई बौद्धिक क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने, आफ्नो मामाको सुन्दर बानी, हरबखत अध्ययनमै तल्लीन, पार्टीको काम, कार्यकर्ता र कार्यक्रमबारे अस्पतालमा सन्नाटाले छाएको बेला पनि चिन्ता ¤ भान्जा बाबूलाई आफ्नो मामाप्रति यी विषयमा निकै गर्व अनुभूत भएछ ।
सुनेअनुसार बिरामीको छटपटाहट र पीडा न्यून गर्न अन्तिम अवस्थामा दिइने ज्ष्नज मयकभ को एबष्ल पष्ििभच
(दुखाइ कम गर्ने कडा सुइ) को बारे भाउजूलाई थाहा भइसकेपछि भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीसँगको अन्तिम भेटमा उहाँलाई भाउजू शोभा प्रधानले ‘दाइ’ को सा¥है पिर लाग्ने कुरा बताउनुभएको रहेछ । नेमकिपाका आदरणीय अध्यक्षलाई कुन बेला के वस्तुको खाँचो हुन्छ; उहाँको कुन वस्त्र कहाँ छ; आफ्नो श्रीमान्लाई भन्दा पनि नेमकिपाको सही नेतृत्व गर्दै आउनुभएका इमानदार र स्वच्छ छविका स्वाभिमानी अध्यक्षलाई सादा भोजन खाने भए पनि कुन बेला के नास्ता र खानाको आवश्यकता हुन्छ; यी सम्पूर्ण घरायसी कुराहरू शोभा भाउजूलाई मात्र थाहा थियो । आफ्नो स्वअध्ययन, राजनीतिक काम, कर्तव्य र पार्टीको क्रियाकलापसँगसँगै घरेलु कामकारबाहीमा पनि अध्यक्षज्यू पूर्णतया आफूमा निर्भर हुनुहुन्छ भन्ने बुझेर नै अन्तिम क्षणमा पनि शोभा भाउजूले एउटै मात्र पिर बोकेर भन्नुभएको थियो, “अरूभन्दा नि मलाई दाइको सा¥है पिर लाग्छ !”
समाप्त
Leave a Reply