परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
कैलाली, ७ चैत । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा बिहीबार लम्कीमा पार्टी कार्यकर्ताहरू भेला गरी पार्टीको आठौँ महाधिवेशनबाट पारित निर्णय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका संयोजक नवराज कोइरालाले पुँजीवादी व्यवस्थामा शोषण, भ्रष्टाचार र आर्थिक अनियमितता जारी रहने उल्लेख गर्दै शोषणबाट कामदार जनतालाई मुक्त पार्न महान् गुरुहरू कार्ल माक्र्स र एङ्गेल्सले माक्र्सवादी सिद्धान्त प्रतिपादन गर्नुभएको प्रस्ट पार्नुभयो ।
उहाँले शासक दलहरूले माक्र्सवादबारे गलत प्रचार गरिरहेको चर्चा गर्दै जनता राजनैतिकरूपमा सचेत भएर वर्गसङ्घर्षमार्फत समाजवादी क्रान्तिको लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया गरी जनतालाई बुझाउने कार्यमा अघि बढ्न र समाजवादी आचरण व्यवहारमा कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।
पार्टी केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपाल–भारत सिमानामा भारतीय सरकारले एकतर्फीरूपमा बनाएका बाँध तथा तटबन्धहरूको कारण नेपाली भूमि डुवानमा परेको उल्लेख गर्दै दुई देशबिचको खुला सीमा नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले क्षेत्रफल र जनसङ्ख्याले सानो, ठुलो हुँदैमा कुनै देशको सार्वभौमिकता कमजोर वा बलियो हुँदैन भन्नुभयो । उहाँले अमेरिकी साम्राज्यवादले प्यालेस्टिन, युक्रेनलगायतका सार्वभौम देशहरूमाथि आक्रमण गरी सर्वसाधारण जनताको निर्मम हत्या गर्नु मानवताविरोधी अपराध हो भन्नुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेश रावलले कार्यकर्ताहरूका लागि पार्टी महाधिवेशन विश्वविद्यालयसरह सिक्ने थलो बनेको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव गगन थापामगर, नेपाल क्रान्तिकारी महिला सङ्घका लक्ष्मी पुन मगर, नेपाल क्रान्तिकारी युवा सङ्घका प्रेम सिजापति, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जे. तारामी र जी. शाही तथा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका एच. भण्डारीले पार्टी महाधिवेशनबाट पारित निर्णय तथा प्रस्तावहरूबारे जानकारी दिनुभयो ।
Leave a Reply