भर्खरै :

मेयर कप भलिबल चालु

भक्तपुर, फागुन ५ । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको आज तेश्रो दिन प्रिक्वाटर फाइनल चरणको सबै खेलहरु सम्पन्न भयो । प्रिक्वाटर फाइनलको भक्तपुर नगरपालिका र गोदावरी नगरपालिका बीच भएको खेलको उत्कृष्ट खेलाडी गोदावरी नगरपालिकाका तोरण मगरलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गर्दै आउ“दा खेलहरुको लागि शुभकामना व्यक्त गर्नु भयो । आजै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले धनकुटा नगरपालिका, जनकपुर उपमहानगरपालिका र बीरगंज महानगरपालिकाका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै खेलकुद प्रतियोगिताहरुले आपसी विश्वास, समझदारी र सम्बन्ध विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नु भयो ।
आज भएको प्रिक्वाटर फाइनल प्रतियोगिताका ८ वटा खेलहरु मध्ये शहिद स्मृति खेल मैदानमा भएको पहिलो खेलमा बनेपा नगरपालिकाले किर्तिपुर नगरपालिकालाई २५–११, २५–७ र २५–१६ अंकले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश गर्न सफल भयो । उक्त खेलमा बनेपा नगरपालिकाका जर्सी नम्बर ५ का प्रकाश थापा उत्कृष्ट खेलाडी छनौट भयो । शहिद स्मृति खेल मैदान मै भएको दोश्रो खेलमा ललितपुर महानगरपालिकाले धनकुटा नगरपालिकालाई २५–२०, २५–२० र २५–१८ अंकले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश ग¥यो । उक्त खेलमा ललितपुर महानगरपालिकाका जर्सी नं ११ का कूल बहादुर थापा उत्कृष्ट खेलाडी घोषित भयो । शहिद स्मृति खेल मैदान मै भएको प्रतिस्पर्धात्मक अन्तिम खेलमा भक्तपुर नगरपालिका विरुद्ध गोदावरी नगरपालिका ललितपुरले २३–२५, २३–२५ र २१–२५ अंकले जित हासिल गरि क्वाटर फाइनल चरणमा प्रवेश ग¥यो । सो खेलमा गादावरी नगरपालिकाका जर्सी नं ९ का तोरण मगर उत्कृष्ट खेलाडी छनौट भयो । उत्कृष्ट खेलाडी मगरलाई भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कृत ग¥यो ।
मेयर कप भलिबल प्रतियोगिता अन्तर्गत खेल मैदान नम्बर २ श्री पद्य मा.वि.मा भएको पहिलो खेलमा सूर्यविनायक नगरपालिकाले जनकपुरधाम उपमहानगरपालिकालाई २५–१५, २५–१३ र २५–१७ अंकले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश गर्न सफल भयो । उक्त खेलमा सूर्यविनायक नगरपालिकाका कमल सुनुवार उत्कृष्ट खेलाडी छनौट भयो । श्री पद्य मा.वि. खेल मैदान मै भएको प्रतिस्पर्धात्मक दोश्रो खेलमा बुढानिलकण्ठ नगरपालिका विरुद्ध तिलोतमा नगरपालिकाले १६–२५, २५–२०, २०–२५ र १८–२५ अंकले जीत हासिल गरी क्वाटर फाइनल चरणमा प्रवेश ग¥यो । सो खेलमा तिलोतमा नगरपालिकाका जर्सी नम्बर ४ का थमन बहादुर खत्री उत्कृष्ट खेलाडी घोषित भयो । श्री पद्य मा.वि. खेल मैदानमा भएको अन्तिम खेलमा भोजपुर नगरपालिकाले मध्यपुर नगरपालिकालाई सोझो सेटमा २५–१८, २५–१७ र २५–२० अंकले पराजित गरि क्वाटर फाइनल प्रवेश ग¥यो । सो खेलमा भोजपुर नगरपालिकाका गोबिन्द पराजुलि उत्कृष्ट खेलाडी छानियो । उत्कृष्ट खेलाडीहरुलाई प्रत्येक खेल पश्चात आजै पुरस्कृत ग¥यो । प्रिक्वाटर फाइनलको २ वटा खेलमा २ वटा नगरपालिकाहरुका खेलाडीहरु अनुपस्थित रहकोले थाहा नगरपालिका र गोदावरी नगरपालिका कैलाली सोझै क्वाटर फाइनल चरणमा प्रवेश भयो ।
आयोजक भक्तपुर नगरपालिकाका अनुसार भोलि फागुन ६ गते क्वाटर फाइनलका ४ वटै खेलहरु शहिद स्मृति खेल मैदानमा हुनेछन् । जसमा पहिलो खेल विहान ९ बजे बनेपा नगरपालिका विरुद्ध ललितपुर महानगरपालिका, दोश्रो खेल बिहान ११ बजे गोदावरी नगरपालिका ललितपुर विरुद्ध तिलोतमा नगरपालिका, तेश्रो खेल दिउ“सो १ बजे सूर्यविनायक नगरपालिका विरुद्ध भोजपुर नगरपालिका र चौथो खेल दिउ“सो ३ बजे थाहा नगरपालिका विरुद्ध गोदावरी नगरपालिका कैलालीको हुनेछ ।
नगर प्रमुख प्रजापतिसंग भलिबल खेलका टेकनिसियनहरुको भेटघाट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा आजको भलिबल प्रतियोगिताको अन्तिम खेलपछि भलिबल खेलसंग सम्बन्धित विभिन्न टेकनिकल व्यक्तिहरुसंग छलफल कार्यक्रम गर्नु हु“दै खेलसंग सम्बन्धित सबै टेकनिकल व्यक्तिहरुलाई मार्गनिर्देशन गर्नुभयो । प्रमुख प्रजापतिबाट भक्तपुर नगरपालिका र नगरबासीहरुको तर्फबाट सबै टेकनिकल व्यक्तिहरुलाई धन्यबाद दिनुह“ुदै सबैको सहयोग र साथले खेल सम्भव भएको विचार व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न ९२ सदस्यीय मूल समिति गठन गरेको जानकारी गराउनु ह“ुदै खेल हारजीतको लागि भन्दा पनि नियम संगत रुपमा खेल्न र खेलाउनको लागि निर्देशन दिनु भयो । भक्तपुर नगरपालिकाले जस्तै अन्य नगरपालिकाहरुले पनि खेलकुदको विकासको लागि विभिन्न किसिमका प्रतियोगिताहरु सञ्चालन गर्न यस प्रतियोगिताले प्रेरित गर्ने विचार राख्नु भयो । चालु अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएपछि प्रतियोगिताको सिंहावलोकन गर्ने र प्रतियोगिताको दौरानमा भएका कमी कमजोरीहरुबाट सिक्न सकिने उपस्थित सबैलाई जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *