जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जनबारे परामर्श तथा कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो ।
उहाँले स्थानीय भूगोल, इतिहास र संस्कृतिबारे युवा युस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताउनुभयो । प्रमुख अतिथि प्रजापतिले राष्ट्रिय पाठ्यक्रम समयानुकूल परिवर्तन नहुँदा नयाँ पुस्ता बिदेसिँंदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले पाठ्यक्रम परिवर्तनशील हुनुपर्छ, समयअनुसार पाठ्यक्रम परिवर्तन गर्नु उपयुक्त हुन्छ भन्ने विचार व्यक्त गर्दै पाठ्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्थानीय विषयहरूले थप ज्ञान दिने र सही दिशा निर्देश गर्ने रहेको बताउनुभयो ।
भक्तपुर नगरभित्र अध्ययनरत हजारौँ विद्यार्थीहरूलाई स्थानीय सीप, सम्पदा, संस्कृति र मौलिकताबारे ज्ञान दिन सके ती विद्यार्थीहरूले भक्तपुरको कला संस्कृतिबारे राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुने बताउँदै उहाँले गैरनेवार विद्यार्थीहरूले नेवारी संस्कृति प्रस्तुति गर्नु खुसीको कुरा हो भन्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले प्रयोगमा ल्याइएन भने हरेक भाषा, संस्कृति हराउँदै जान्छ भन्दै अन्तर्राष्ट्रिय विषयहरूसँगै स्थानीय विषयमा पनि युवा पुस्तालाई अध्ययन गर्न जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम लागु गर्न पाउने संवैधानिक अधिकारलाई प्रयोग गर्दै भक्तपुर नगरपालिकाले देशमै पहिलोपटक कक्षा १ देखि ८ सम्म चरणबद्धरूपमा स्थानीय पाठ्यक्रम लागु गर्दै आएको जानकारी दिनुभयो । उहाँले पाठ्यक्रममा स्थानीय भाषा र लिपिलाई समोवश गर्दै स्थानीय परिवेशअनुसारको स्रोत साधनको उपयोग तथा जीवनोपयोगी विषयहरूलाई समेट्दै पाठ्यक्रम परिमार्जन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाठ्यक्रम निर्माण कार्यदलका सदस्यहरू सिद्धिरत्न शाक्य र रोशनराज तुईतुईले पाठ्यक्रम परिमार्जनको आवश्यकता र औचित्यताबारे बोल्नुभएको थियो । कार्यक्रममा देवचन्द्र बज्राचार्य, सुगतरत्न बज्राचार्य, सुवेगमान बिजुक्छेँ, धर्मचन्द्र ब्रजाचार्य, दामोदर सुवाललगायत ३१ जना विषय विज्ञहरूले स्थानीय पाठ्यक्रम परिमार्जन गर्न आ–आप्mना सुझावहरू दिनुभयो ।
Leave a Reply