भर्खरै :

एकतर्फी मतगणनाविरुद्ध नेक्राविसङ्घद्वारा क्याम्पस प्रमुखलाई ज्ञापन

एकतर्फी मतगणनाविरुद्ध नेक्राविसङ्घद्वारा क्याम्पस प्रमुखलाई ज्ञापन

भक्तपुर, ७ चैत । भक्तपुर बहुमुखी क्याम्पसमा चैत ५ गते भएको स्ववियु निर्वाचनमा धाँधलीपूर्ण एकतर्फी मतगणनाविरुद्ध आन्दोलनरत नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस एकाइ समितिले बिहीबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
एकाइ समितिका सदस्य विभु किजूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ – भक्तपुर बहुमुखी क्याम्पसमा चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आप्mनो प्रस्ट विचारसहितको अपिल सम्पूर्ण विद्यार्थीसमक्ष राखी उम्मेदवारी दिएको थियो । नेक्राविसङ्घले सदाभैmँ यो निर्वाचनलाई पनि राजनीतिक चेतनास्तर उकास्ने सङ्घर्षको रूपमा उपयोग ग¥यो ।
मतदानमा कुल ४१५८ मतदातामध्ये १९०१ मत खस्यो । बुथ ‘क’ मा ९२६ मध्ये ५७०, बुथ ‘ख’ मा ८३५ मध्ये ४९०, बुथ ‘ग’ मा ६२१ मध्ये २७५, बुथ ‘घ’ मा १०९३ मध्ये ३३६ र बुथ ‘ङ’ मा ६८३ मध्ये २३० मत खसेको थियो ।
चैत ६ गते बिहान ३ बजे बुथ ‘घ’ को मतगणना गर्ने क्रममा ३३६ मत खसेको मतपेटिकामा ३३९ मतपत्र भेटियो र प्रत्यक्षतर्फ २७५ मत खसेको बुथ ‘ग’ को मतपेटिकामा २६९ मतपत्र मात्र थियो । मतगणनाको आचारसंहिता बनाउँदा खसेको मतमा बाकसमा रहेको मतपत्र कम भएमा समस्या नहुने निर्णय भएको थियो तर मत सङ्ख्या बढी भेटिएमा के गर्ने भन्ने प्रश्नमा निर्वाचन अधिकृतले बेवास्ता गरी मतगणना प्रक्रिया अगाडि बढाए । मतगणना अगावै यस्तो संवेदनशील विषयलाई बेवास्ता गरिनु शङ्कास्पद रहेको हाम्रो ठहर छ ।
नेक्राविसङ्घले मतदानमा धाँधली भएको र तत्काल सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गरायो । तत्पश्चात चैत ६ गते बिहान १० बजे बसेको सर्वदलीय बैठकमा पनि बढी मत भेटिएको विषयमा छानबिन गर्न आलटाल गरेपछि लामो समयसम्म पनि निष्कर्ष निस्कन सकेन । बारम्बार नेक्राविसङ्घले ध्यानाकर्षण गरायो । कुनै निर्णयबिना बैठक टुङ्ग्याइयो ।
निर्वाचन समितिले नेक्राविसङ्घका प्रतिनिधिहरूलाई खबर नै नगरी एकतर्फी मतगणना सम्पन्न ग¥यो । निर्वाचन अधिकृतको सो गैरजिम्मेवारीको नेक्राविसङ्घले विरोध ग¥यो । विज्ञप्ति पेस गर्न गएका नेक्राविसङ्घका प्रतिनिधिहरूमाथि स्थानीय जिल्ला प्रशासकको आदेशमा नेक्राविसङ्घका छात्रा उम्मेदवार र प्रतिनिधि विद्यार्थीहरूलाई पुरुष प्रहरी लगाई लछारपछार गरी बाहिर निकालियो । यो निन्दनीय कार्य हो । त्यस अभद्र कार्यको नेक्राविसङ्घ विरोध एवम् भत्र्सना गर्दछ र त्यस कार्यमा संलग्नमाथि सख्त कारबाहीको माग गर्दछ ।
स्ववियु निर्वाचन विद्यार्थीलाई राजनीतिक रूपले शिक्षित र सचेत गराउने प्रजातान्त्रिक प्रक्रिया हो । निर्वाचनको मतगणना गर्दा निर्वाचनमा भाग लिएका सम्पूर्ण सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति अनिवार्य हुन्छ । तर, प्रजातन्त्रको वकालत गर्र्दै हिँड्नेहरू नै प्रहरी प्रशासन र शासक दलका नेताको ठाडो आदेश एवम् दबाबसामु झुकेर एकतर्फी निर्वाचन परिणाम घोषणा गर्नु निरङ्कुश पञ्चायती शैली हो । प्रजातन्त्रमा समेत पञ्चायती प्रवृत्ति देखाउनेहरू सजायका भागिदार हुन् र तिनको अन्त्य पनि हिजोको हुकुमी पञ्चायतकै जस्तै हुनेछ । पञ्चायतका नयाँ अवतारविरुद्ध नेक्राविसङ्घ निरन्तर आन्दोलनरत रहनेछ । भक्तपुर बहुमुखी क्याम्पसलाई गुन्डागर्दी र भ्रष्टाचारको अखडा बनाउने तत्वहरूविरुद्ध नेक्राविसङ्घले विगतमा भैmँ सङ्घर्ष जारी राख्दै कामदार जनताका विद्यार्थीहरूलाई पढ्ने वातावरण एवम् हक—अधिकार दिलाउन सक्रिय भूमिका निर्वाह गर्नेछ ।
साथै, सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँदछु । प्रशासनको बलको आधारमा घोषणा गरिएको निर्वाचन मत परिणाम खारेज गरी पुनः निर्वाचन गराउनु प्रजातान्त्रिक हुनेछ । स्थानीय प्रशासनले तटस्थ भूमिका निर्वाह नगरेकोमा हामी निन्दा एवम् विरोध गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *