भर्खरै :

सुर्खेतमा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

सुर्खेतमा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

सुर्खेत, ७ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसरमा ‘केटीहरू’ बुलेटिन अङ्क १६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्काले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे प्रकाश पार्दै महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित हुँदै घर व्यवहार र चुलो चौकामा मात्र सीमित नभएर समाज र देशको निम्ति सक्रिय हुनु आवश्यक छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका पूर्वकेन्द्रीय सदस्य नर्मा गुरूङले प्रतिक्रियावादीहरूले राजनीतिमा लाग्ने कामदारवर्गका महिलाहरूलाई घृणा र हेलाहोचो गर्ने हुँदा तिनीहरूको विरूद्धमा डटेर लाग्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “कामदार महिलाहरूको मुक्तिका लागि क्रान्तिकारी पार्टी चाहिने कुरा बताउँदै सन् १९१७ को रूसी समाजवादी क्रान्तिले प्रमाणित गरेको छ । वर्गीय मुक्तिसँगै कामदार वर्गका महिलाको पनि मुक्ति हुनेछ ।”
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले पनि समाजवादी व्यवस्थाको बारेमा बोल्दै उत्पादनका साधनहरू सामाजिकीकरण नहुँदा युवाहरू बेरोजगार भएको र देश परनिर्भर भएको बताउनुभयो ।
कार्यक्रममा लालबहादुर थापा, अकल राना, प्रेमकुमार थापा, बिजुकला राना, चेतन पौडेल, शेरबहादुर शाही, गणेश खड्का, ऐनबहादुर शाही, अङ्गबहादुर शाही, इन्द्रप्रसाद न्यौपाने, जानकी सुनार, सुनिता थापा, कल्पना शाहलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *