लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किँदा काठमाडौँको विमानस्थलमा उनलाई स्वागत गर्न आएका मानिस भारतीय नेता योगी आदित्यनाथको फोटो लिएर उभेका थिए । यही फोटोमाथि विभिन्न नकारात्मक टिप्पणी हुँदा राजावादीले नेपालका कम्युनिस्टहरूले आफ्नो अफिसमा विदेशी कार्ल माक्र्सको फोटो राख्नु हुन्छ भने भारतीय योगीको फोटो किन राख्न नहुने भन्दै प्रतिवाद गरेका थिए । नेपालका ठुला भनिएका राजनीतिक दल नेकपा एमाले, माओवादीका कथित कम्युनिस्टहरूलाई आलोचना गर्न सकिन्छ । तर, त्यसैको आडमा भारतीय नेता योगी आदित्यनाथ वा मोदीको तस्बिरलाई विश्वविख्यात दार्शनिक माक्र्सको तस्बिरसँग तुलना गर्नु हास्यास्पद तर्क हो ।
भारतका अल्पसङ्ख्यक समुदायप्रति सधैँ निर्मम तवरबाट दमनकारी नीति लिएर एकल धर्म, एकल संस्कृति, एकल भाषाको मात्रै पक्षपोषण गरिरहने अति विवादित उग्र हिन्दू नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री अजय विष्ट नामको योगी आदित्यनाथको सहयोगमा नेपाली स्वाभीमानी एवं देशभक्त जनतालाई झुक्याउँदै ‘राजतन्त्र’ संस्थालाई पुनः स्थापना गर्न आफ्ना नेपाली नागरिकताधारी एजेन्ट खटाउनेसँग कार्ल माक्र्सको तुलना ¤ कार्ल माक्र्स राजनीतिक विचारकमात्र थिएनन् उनी एक दार्शनिक थिए जसले यस्तो संसारको परिकल्पना गरे जहाँ न्याय, समानता र मानवीय मर्यादा र आर्थिक सामाजिक जीवनको केन्द्रबिन्दु हुनेछ । तर, एउटा धर्मका पक्षपोषण गर्दै साम्प्रदायिक दङ्गा निम्त्याउने योगीसँग तुलना गर्नु फोहरमा लुटपुटिने झिँगाले मह निकाल्ने माहुरीको आलोचना गर्नुजस्तै हो । पहेँलो हरेक वस्तु सुन हुँदैन, पहेँलो वस्त्र लाउने हरेक व्यक्ति योगी हुँदैन । रामको नाममा चुनाव जितेको भाजपाका उत्तर प्रदेशका गेरूवस्त्रधारी मुख्यमन्त्री आदित्यनाथ योगीलाई भोगीको संज्ञा दिन्छन् । बाबुको वचन पूरा गर्न राम राजपात त्याग गर्दै जङ्गल गए, तर योगी जङ्गल (पूर्वाञ्चल) बाट राजगद्दी (मुख्यमन्त्री) कब्जा गर्न लखनऊ आए । यस्तो भोगीले रामको नाम लिनु जनतालाई भ्रममा पार्नु हो ।
पहिलो कुरा, जर्मनीका कार्ल माक्र्स र रुसका लेनिन कुनै एक देशका वा सङ्कीर्ण जातीय÷साम्प्रदायिक सोच भएका नेता थिएनन् । तिनीहरू विश्वव्यापी विचारका प्रणेताहरू थिए । दोस्रो, कम्युनिस्ट विचार एक अन्तर्राष्ट्रवादी विचार हो । यसले अन्ततः देश वा सिमानाबिनाको विश्वव्यापी समाजको परिकल्पना गर्दछ । संसारलाई मानव समुदायको साझा घर बनाउने उहाँहरूको विचार हो ।
धार्मिक ढाँचाभित्र काम गर्ने मोदी वा योगी आदित्यनाथजस्ता नेताहरूलाई कम्युनिस्ट–विश्व नेताहरूसँग तुलना अनुचित तुलना हो । लेनिन, माओ वा क्यास्ट्रोजस्ता कम्युनिस्ट नेताहरूले राष्ट्रिय, धार्मिक वा जातीय सीमाहरू पार गर्ने वैचारिक ढाँचाभित्र काम गरे । उहाँको लक्ष्य वर्गविहीन समाज स्थापना गर्नु थियो । यद्यपि, व्यवहारमा, धेरै कम्युनिस्ट राज्यहरूले विश्वव्यापी क्रान्तिभन्दा आफ्नो देशको हितलाई प्राथमिकता दिँदै बलियो राष्ट्रवादी प्रवृत्ति विकास भइरहेको छ ।
कुनै पनि राजनीतिक प्रणालीमा जस्तै साम्यवादमा पारदर्शिता र नैतिकता विशिष्ट नेताहरूमा निर्भर गर्दछ । कम्युनिस्ट विचारधाराले समानता र सामूहिक स्वामित्वलाई प्रवद्र्धन गर्छ । क्युवा वा भियतनामजस्ता ठाउँमा समाजवादी नीतिले सार्वजनिक कल्याणलाई यसरी सुनिश्चित गरेको छ जुन पुँजीवादी प्रणाली प्रायः असफल हुन्छ ।
साम्यवादको सार अन्तर्राष्ट्रियता हो । यो विचारले विश्वभरका कामदारहरूले राष्ट्रिय र धार्मिक पहिचानभन्दा बाहिर साझा हितहरू साझा गर्छन् । यसको विपरीत, धेरै दक्षिणपन्थी वा धार्मिक–राष्ट्रवादी आन्दोलनले कुनै विशेष जाति, धर्म वा राष्ट्रिय पहिचानको वरिपरि शक्ति सुदृढ गर्ने लक्ष्य राख्छन् । धार्मिक राष्ट्रवादले प्रायः अवस्थित पदानुक्रमहरूलाई सुदृढ पार्न खोज्छ, जबकि साम्यवाद तिनीहरूलाई समाप्त गर्ने लक्ष्य राख्छ । आर्थिक पुनर्वितरण, वैचारिक परिवर्तनजस्ता आमूल परिवर्तन नै माक्र्सवाद हो । मानव समुदायको लागि संसारलाई साझा घर बनाउने विचार नै माक्र्सवाद हो । साम्यवादले एक समय यो दृष्टिकोणको अग्रणी भूमिका खेलेको भए तापनि, समकालीन वामपन्थी आन्दोलनहरू प्रायः एकीकृत विश्वव्यापी आन्दोलनको सट्टा राष्ट्रिय सङ्घर्षहरूमा केन्द्रित भएको सत्य हो ।
मानिसहरूमा संसारलाई ‘हामी’ र ‘तिमीहरू’ मा विभाजन गर्ने प्रवृत्ति हुन्छ । मानिसहरू स्वाभाविकरूपमा आफ्नै समूहलाई समर्थन गर्छन् । यसलाई समूहगत पूर्वाग्रह भनिन्छ । यदि कुनै व्यक्तिले मानवताको लागि काम गरे पनि अझै ‘विदेशी’ मान्नु खतरनाक परिपाटी हुन जान्छ । पछिल्लो समयमा फासीवादी सरकारका सञ्चारमाध्यमहरूले राष्ट्रवादलाई बढावा दिँदै माक्र्सजस्ता असल मनसाय भएका अन्तर्राष्ट्रिय व्यक्तित्वलाई खतराको रूपमा चित्रण गरेका छन् । विशेषगरी भारतजस्तो फासीवादी र साम्प्रदायिक सरकारद्वारा नियन्त्रित मिडियाले धर्मलाई अफिम मान्ने कार्ल माक्र्सलाई खतरनाक कट्टरपन्थीको रूपमा प्रस्तुत गर्नु आश्चर्यको कुरा होइन ।
विश्वव्यापी एकता र विभाजनको अन्त्य
मानव प्रगति राष्ट्रिय सीमा, जातीय विभाजन वा आर्थिक कारणले सीमित गर्नु हुँदैन भन्ने उहाँको विचार थियो । उहाँको प्रसिद्ध आह्वान, “संसारका मजदुरहरू एक होऔँ !” यो राजनीतिक नारामात्र नभई मानिसहरूले आफ्ना साझा सङ्घर्षहरूलाई पहिचान दिन विश्वव्यापी ऐक्यबद्धताको दृष्टिकोण थियो । असमानता, भेदभाव, धार्मिक द्वन्द्व र राष्ट्रवादले अझै पनि विभाजन सिर्जना गर्ने युगमा उहाँका विचारहरू एकता र सामूहिक कार्यको लागि आह्वान बनेका छन् । उहाँको कामले नाफाभन्दा मानव कल्याणलाई प्राथमिकता दिने संसार सिर्जना गर्न काम गरिरहेका विचारक, कार्यकर्ता र नीति निर्माताहरूलाई प्रेरणा दिइरहेको छ ।
राष्ट्रिय र सांस्कृतिकभन्दा पर कार्ल माक्र्सको दर्शन विज्ञानको नियमजस्तै हो । वर्गसङ्घर्ष, आर्थिक न्याय र मानवीय मर्यादासम्बन्धी उहाँका विचारहरू समय वा स्थानको पर्वाह नगरी विश्वव्यापीरूपमा लागु हुन्छ । जसरी वैज्ञानिक सिद्धान्त सबै ठाउँमा सबैले प्रयोग गर्न सक्छन्, त्यसरी नै माक्र्सको शोषणको आलोचना र समतामूलक समाजको दृष्टिकोणले कुनै पनि मानव समुदायलाई अन्तर्दृष्टि प्रदान गर्दछ । उहाँको दर्शन कुनै एक राष्ट्र वा राजनीतिक प्रणालीसँग सम्बन्धित छैन – यो सबैतिर मानव अवस्था बुझ्ने र सुधार गर्ने माध्यम हो । औद्योगिक समाजमा होस् वा विकासशील देशहरूमा, माक्र्सका विचारहरू निष्पक्षता, समानता र सामाजिक प्रगतिको लागि प्रयासरत व्यक्तिहरूका लागि सान्दर्भिक रहन्छन् ।
उहाँको सिद्धान्तले सबै प्रश्नका उत्तरहरू प्रदान गर्न नसक्ला, तर निष्पक्षता र साझा समृद्धिले मानव प्रगतिलाई परिभाषित गर्ने समाजको भविष्यको लागि मार्गदर्शन प्रदान गर्छ । उहाँको दर्शनका पक्षहरूले विश्वभरका सामाजिक लोकतन्त्रहरूलाई प्रभाव पारेको छ, जसले शासन र आर्थिक व्यवस्थापनमा बढी मानवीय दृष्टिकोण सुनिश्चित गरेको छ ।
Leave a Reply