भर्खरै :

हंसबाहिनी आधारभूत विद्यालयको ७३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

हंसबाहिनी आधारभूत विद्यालयको ७३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर, ८ चैत । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा हंसबाहिनी आधारभूत विद्यालयको ७३ औँ वार्षिकोत्सव, शिक्षक, अभिभावक, विद्यार्थी सम्मान तथा सांस्कृतिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि जोशीले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलगायत जनसरोकारका पक्षमा सक्रियतापूर्वक कार्य गर्दै जाँदा भक्तपुरलाई देश विदेशमा चिनाउन सकेको बताउनुभयो ।
स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहेका तथा आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई छात्रवृत्तिलगायत शैक्षिक सेवा पु¥याउँदै आइरहेको उहाँले बताउनुभयो ।
शैक्षिक क्षेत्रको आधार भनेको आधारभूत विद्यालय भएको हुँदा भक्तपुर नगरपालिकाले शैक्षिक गतिविधिमा ध्यान दिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले जनताका छोराछोरीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा दिन सक्दो प्रयास भइरहेको बताउनुभयो ।
शिक्षाप्रेमी हिमालयश्वरलाल मूलले विद्यालय तथा सम्बन्धित निकायले समयानुकूल अनुगमन गरे शैक्षिक, भौतिकलगायत पक्षमा सुधार हुने र अपेक्षित सिकाइ उपलब्धि हासिल हुनेबारे प्रस्ट पार्नुभयो ।
प्र.अ. सूर्यबहादुर फोजु, शिक्षकद्वय लक्ष्मीश्वरी कर्माचार्य र चन्द्रलक्ष्मी दुवालले पनि बोल्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रजनी जोशी, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, हिमालयश्वरलाल मूलले शैक्षिक सत्र २०८१ को कक्षागत पुरस्कारलगायत विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
उत्कृष्ट अभिभावक रञ्जना माक, १० वर्ष र सोभन्दा बढी अवधि कार्यरत प्र.अ. सूर्यबहादुर फोजु, शिक्षक शिवराम बनमाला र अनिलकुमार बनमालालाई कदरपत्र प्रदान गर्नुका साथै विद्यालयलाई खेलकुद सामग्री आदि उपलब्ध गराउने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड भक्तपुरलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *