ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन
- बैशाख ११, २०८२
भक्तपुर, ८ चैत । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घद्वारा भक्तपुर जिल्लामा पदभार ग्रहण गर्नुभएका प्रमुख कर अधिकृत शुवप्रसाद रिजाललाई स्वागत तथा बधाई कार्यक्रम गरियो ।
सो अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले विगतदेखि अनौपचारिकरूपमा सञ्चालनमा रहेका भक्तपुरका साना उद्यमी व्यवसायीहरूलाई कर कार्यालयको सहकार्यमा करमा आबद्ध गरी राजस्व सङ्कलनमा सङ्घले सकेको सहयोग पु¥याउँदै आइरहेको बताउनुभयो । उहाँले सङ्घको अगुवाइमा समय समयमा कर शिक्षा सचेतना कार्यक्रम गरी करलाई अवसरको रूपमा लिएको बताउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष एवम् महासङ्घका उपाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण कार्य भइरहेको र सो बजेटको लागि महासङ्घबाट साना उद्यमी व्यवसायीहरूको समस्या र समाधान सम्बन्धमा सुझाव पेस गर्न जिल्ला जिल्लामा सुझाव सङ्कलन गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य वीरेन्द्र जतिले प्रत्येक कर दिवसमा साना उद्यमी व्यवसायीहरूलाई सम्मान गरी प्रोत्साहन गर्नुपर्ने र साना उद्यमीहरूलाई करसम्बन्धी जानकारी गराउन समय–समयमा कर शिक्षा कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सङ्घले प्रत्येक वर्ष करिब ४०० उद्यमी व्यवसायीहरूको कर तिर्न, नवीकरण गर्न सङ्घले सहकार्य गरिदिएको जानकारी गराउँदै यस वर्ष पनि कर कार्यालयसँग सहकार्य गरी कर शिक्षा सम्पन गरेको जानकारी गराउनुभयो ।
श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो स्वागत कार्यक्रममा प्रमुख कर अधिकृत शुवप्रसाद रिजालले घरमै बसी कर तिर्ने व्यवस्था गरेको हुँदा व्यवसायीहरूलाई धेरै सजिलो भएको बताउनुभयो । उहाँले समय–समयमा सङ्घसँगको सहकार्यमा आगमी दिनमा पनि कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष हरिगोपाल त्वायना तथा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले पनि बोल्नुभएको थियो ।
Leave a Reply