भर्खरै :

इसानका प्रअ र प्रतिनिधिहरूको भेला

इसानका प्रअ र प्रतिनिधिहरूको भेला

भक्तपुर, ८ चैत । संस्थागत विद्यालय सङ्घ (इसान) को आयोजनामा वार्षिक क्यालेन्डर र पुस्तक छनोट विषयमा शुक्रबार एक कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले गोष्ठी र सेमिनारलाई इसानले जोड दिँदै जानुपर्ने धारणा राख्दै स्थानीय पाठ्यक्रमअनुसार विद्यालयले शिक्षण क्रियाकलाप अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयलाई विज्ञान र प्रविधिमैत्री बनाउन सकेनौँ भने हामी समय भन्दा पछि पर्ने भएकोले विद्यालयलाई प्रविधिमैत्री बनाउनु जरुरी छ ।”
शिक्षकहरूलाई उपलब्धिमूलक तालिम दिँदै जानुपर्ने र भएका शिक्षकहरूलाई सक्षम बनाउनुपर्ने दायित्व विद्यालयको धारणा राख्दै उहाँले भन्नुभयो, “सहयोगको भावना विकास गरी विचार आदान गरी इसान अगाडि बढ्नु जरूरी छ ।”
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले शैक्षिक क्लालेन्डरअनुसार कार्य गर्नुपर्ने र क्यालेन्डरलाई मेरूदण्डको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
“अस्थिर शैक्षिक नीति र अस्वस्थ प्रतिस्पर्धाको चुनौती हुँदा हुँदै अगाडि बढ्ने सही बाटो इसानले देखाइदिएको छ”, उहाँले भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा इसानका केन्द्रीय उपाध्यक्ष सनकमान महर्जन, महासचिव पुरूषोत्तम ग्वाछा र सचिव कृष्णराम त्वानावासुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा इसान आबद्ध विद्यालयका प्रिन्सिपल र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *