ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
चैत २ गतेको ‘नयाँ पत्रिका’ को कभर स्टोरीमा ‘स्थानीय सरकार सञ्चालनको भक्तपुर मोडेल’ शीर्षकको शान्ति तामाङ, काठमाडौँको लेख प्रकाशित भयो । त्यही लेख चैत ७ गतेको ‘मजदुर’ दैनिकमा साभार ग¥यो । उक्त लेख भक्तपुरका धेरैजस्तो फेसबुक वालमा पनि देखिए । उक्त लेखबारे फेसबुक वालमा विभिन्न किसिमका टीका–टिप्पणी पनि सुरु भयो । ती टीकाटिप्पणीमध्ये एक जनाले ‘मौलिक घर बनाउनेलाई १० लाखसम्म अनुदान’ उपशीर्षकमा नकारात्मक नै नभनौँ तर व्यङ्ग्यको रूपमा ‘……….. अनुदान प्राप्त गर्ने घरहरू कुनै रूपमा पनि मौलिक नभएको, काठ, इँटा, माटो जोडाइले निर्माण गरेको घर देख्नै छोडिसक्यो …. भनी मनको बह पोखे ।
हुन पनि नगरमा २०७२ सालको भूकम्पपछि सबैजसो घरहरू सिमेन्ट ढलान गरी बाहिरपट्टि इँटाले छोपेर, बुट्टेदार काठका झ्याल–ढोका राखेर बनाउने चलन बढी मात्रामा देखिएको छ । माटो जोडाइको इँटा, काठका निर्माण सामग्रीको प्रयोग गरी घर बनाउने चलन नै हटेर गएको जस्तै भइसकेको छ । सायद अहिलेसम्ममा नगरपालिकामा १–२ वटामात्र माटो जोडाइको परम्परागत शैलीको घर बनाउन स्वीकृतिको लागि नक्सा पेस हुन आएको भन्ने सुनिन्छ । तर, अहिलेसम्म ती घरधनीहरूले यस्तो माटो जोडाइको परम्परागत शैलीमा घर बनाउने स्वीकृति पाउन सकेका छैनन् । एकातिर माटो जोडाइको मौलिक घर बनाउनेलाई प्रोत्साहन दिने, अर्काेतिर काठ, इँटा, माटो जोडाइको परम्परागत मौलिक शैलीमा घर बनाउने नक्सा स्वीकृति नगरपालिकाबाट पाइरहेको छैन । भक्तपुर नगरपालिकाको घोषित नीति नै परम्परागत शैलीको घर निर्माणमा प्रोत्साहन गर्ने रहेर पनि किन यस्तो भइरहेको छ त ? यसैबारे केही कुरा राख्ने प्रयास गर्छु ।
हरेक नगरपालिकाको आ–आफ्नो ‘भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी विनियम बनाइराखेको हुन्छ । भक्तपुर नगरपालिकाको पनि आफ्नै विनियम छ । सो विनियम समयसमयमा आवश्यकताअनुसार संशोधन पनि हुने गर्छ । भक्तपुरमा निर्माण मापदण्डसम्बन्धी विनियम २०६०/१०/२१ को नगर परिषद्बाट स्वीकृत भई लागु भइरहेको र मिति २०७२/०८/१३ गते तेस्रो संशोधन पारित भई हालसम्मै लागु छ ।
विनियमले परम्परागत वास्तुकला संरक्षणबारेमा ठाउँ–ठाउँमा उल्लेख गरेको छ । विनियमको परिच्छेद ३ को ३.१.१ विश्व सम्पदा क्षेत्र र ३.१.२ पुरानो नगर क्षेत्र उपशीर्षकमा यस विनियमको ३.२.१ अनुसार परम्परागत वास्तुकलाको संरक्षण हुने गरी घर भवन आदि निर्माण र सुधार गर्न स्वीकृति दिनसक्ने व्यहोरा उल्लेख छ । माथि उल्लेखित ३.१.१ र ३.१.२ उपशीर्षक बुँदामा कहाँदेखि कहाँसम्मको क्षेत्र विश्व सम्पदा र पुरानो नगर क्षेत्र भनी कितान गरिएको छ ।
त्यस्तै, परिच्छेद ३ को ३.२.१ विश्व सम्पदा क्षेत्र र ३.२.२ पुरानो नगर क्षेत्रको उपशीर्षकमा ३.२.१.२५ र ३.२.२.२५ मा परम्परागत भवनको संरक्षणसम्बन्धी विशेष व्यवस्थाको ‘क’ मा मौलिक शैलीलाई प्रोत्साहन गर्न दिने निम्नानुसारको व्यहोरा उल्लेख छ, “यस क्षेत्रमा मल्लकालीन, शाहकालीन र राणाकालीन वास्तुकलाको सहरी वातानुकुलित हुने गरी पुनःनिर्माण, मर्मत सुधार र नयाँ निर्माण गर्न दिइनेछ । परम्परागत घरलाई तिनीहरूको मौलिक स्वरूपमै कायम राख्न प्रोत्साहित गरिनेछ । स्वीकृतिका लागि पेस हुन आउने नक्सामा शैलीगतरूपमा आवश्यक देखिएमा नगरपालिकाले आवश्यक संशोधन गराउन सक्नेछ ।”
त्यस्तै विनियमको परिच्छेद ७ – उत्तरदायित्व र सजाय शीर्षकको बुँदा ७.२ ‘घ’ मा विस्तृत संरचना डिजाइनबारे निम्न कुराहरू उल्लेख छ, “तीन तला र भ¥याङ छोप्ने तलाभन्दा बढी वा १,००० वर्ग फिटभन्दा बढी ग्राउन्ड कभरेज हुने भवन निर्माणको लागि भूकम्पीय सुरक्षा समेतलाई दृष्टिगत गरी जग, गा¥हो, पिलर, बिम र स्लाव, छाना र भ¥याङको विस्तृत संरचना डिजाइन नपाबाट इजाजत प्राप्त इन्जिनियरहरूद्वारा गराइएको हुनुपर्नेछ …..।”
माथि उल्लेखित बुँदाले १००० वर्ग फिट र तीन तलासम्मको घर भवन निर्माण गर्दा विस्तृत संरचना डिजाइन पेस गर्न नपर्ने अर्थ लाग्छ । तर, विनियमले Load Bearing Structure को परम्परागत, मौलिक शैलीको घर भवन के कसरी निर्माण गर्न सकिन्छ भन्नेबारेमा केही पनि उल्लेख छैन । यसबारेमा बुझ्नुप¥यो भने नगरपालिकाका इन्जिनियरहरूले ‘राष्ट्रिय भवन निर्माण संहिता’ को सहयोग लिने कुरा बताइन्छ । एक–दुई तलाको स–साना घरहरू पनि भूकम्पीय सुरक्षालाई ध्यानमा राखेर भवन निर्माण गर्न यस भवन निर्माण संहिताले केही Prototype Model प्रस्तुत गरेको छ । त्यसैलाई आधार मानेर नगरपालिकाले २–साढे २ तलासम्म Load Bearing संरचनाका भवनहरू निर्माण गर्न स्वीकृति प्रदान गर्ने गर्छ । यहाँ कुरा तीन तलाभन्दा माथिको भवन संरचना निर्माण गर्नका लागि Structure Design को अनिवार्यताले ल्याएको छ । त्यो ‘राष्ट्रिय भवन निर्माणसंहिता’ ले Guide गरेको विषय भएको हुँदा नगरपालिकाले त्यसलाई परिवर्तन नपा एक्लैले गर्नसक्ने परिस्थिति छैन । यसैलाई टेकेर नगरपालिकाका प्राविधिकहरूले मौलिक परम्परागत शैलीको भवन निर्माणको स्वीकृति रोकिरहेको अवस्था छ ।
तर, के यस्तो किसिमको Structure Design नेपालमा हुनै सक्दैन त ? अवश्य पनि सक्छ । भक्तपुर नगरपालिकाले पुनः निर्माण गरेको सबैजसो मन्दिर, दरबार, द्योछेँ आदिको Structure Design तयार भएपश्चात् नै पुनः निर्माण सुरु गरेको हो । भक्तपुर नगरपालिकाले यसका लागि ख्वप इन्जिनियरिङ कलेजको सहयोग लिने गर्छ ।
तर, निजी क्षेत्रले परम्परागत मौलिक शैलीको भवन पुनः निर्माणमा खासै इच्छा नदेखाइरहेको अवस्था छ । नगरपालिकाले मौलिक परम्परागत शैलीको भवन निर्माण गर्नका लागि विशेष ध्यान दिनुपर्ने देखिन्छ । कलात्मक बुट्टेदार झ्याल र दाची अप्पाले ढलान छोपेर भवन बनाउँदैमा मौलिक परम्परागत शैलीको संरक्षण भन्न सकिँदैन । परम्परागत मौलिक शैलीको माटोले बनाएको घर निर्माणमा नगरपालिकाले नै विशेष पहल लिनुपर्ने देखिन्छ । यसको लागि नगरपालिकाको ‘भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी विनियम २०६०’ को विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रको बुँदा नं. ३.२.१.२५ र ३.२.२.२५ को ‘ङ’ र ‘घ’ को सुविधान । सहुलियतामा उल्लेख गरेजस्तै “… यदी निजी स्वामित्वमा रहेका भवन र अन्य निर्माणहरू ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण ठहर गरी अनुरोध भइआएमा त्यस्ता भवन र संरचनाको पुनः निर्माणमा आवश्यक डिजाइन तथा सुपरिवेक्षणसमेत नपाबाट गरी दिन सकिनेछ” भन्ने बुँदालाई टेकेर Structure Design गर्न ख्वप इन्जिनियरिङ कलेजको सहयोगमा भवन निर्माण गर्न दिनुपर्छ जस्तो लाग्छ । यसको लागि नगरपालिकाका इन्जिनियरहरूको अनुरोधमा नगर परिषद्बाट पनि विशेष प्रस्ताव पास गरेर गर्न सकिन्छ ।
नत्र ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारामै मात्र सीमित हुन बेर छैन । मन्दिर, द्योछेँ जस्तै पुरानो परम्परागत शैलीले निर्मित हाम्रा निजी भवनहरू पनि पुरातात्विक सम्पदा र देशको सम्पत्ति नै हुन् । यसलाई बचाउन नगरपालिकाले Structure Design मा विशेष लगानी गरौँ । धन्यवाद !
Leave a Reply