परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
दैलेख, १२ चैत । नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिको आयोजनामा चैत ११ गते आठबिस नगरपालिका वडा नं. १ सात्तालाको खम्म डाँडामा कार्यकर्ता भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालले लामो समय सत्तामा बसेका पार्टीहरू काङ्ग्रेस, एमाले र माओवादीहरूले जनतालाई धोका दिने गरेको बताउनुभयो । शासकहरुले जनतालाई विचार र सिद्धान्तको बुझाउनुको सट्टा गलत कार्यमा लगाउने भएकोले तिनीहरूको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
नेमकिपाका आठबिस नगर समितिका सदस्य नरबहादुर सिजापति, आठबिस नगरपालिका वडा नं. ७ पार्टी वडा एकाइ समितिका अध्यक्ष रणबहादुर कठायत, वडा नं. १ पार्टी एकाइ समितिका उपाध्यक्ष कुमार विक, नेक्राविसङ्घ आठबिस नगर समितिका अध्यक्ष गीताकुमारी विक, कलम कामी, नेत्रसिँह धमला, विनोद विकलगायतका वक्ताहरूले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम पार्टी वडा समितिका अध्यक्ष मोती कामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Leave a Reply