भर्खरै :

भारत निर्भर भइरहेसम्म जनताले सुख नपाउने

भारत निर्भर भइरहेसम्म जनताले सुख नपाउने

जानी या नजानी शासकहरूले नेपाललाई बेथितै बेथितिको मात्र होइन अभावै अभावको देश बनाएर जनतालाई हाहाकार बनाउने काम गरिरहेका छन् । प्रजातन्त्र स्थापना भएको दशकौँ र सङ्घीय गणतन्त्रात्मक देश भएको डेढ दशक भए पनि देशमा सरकारले खासै नयाँ नयाँ उद्योग खोलेर जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ ध्यान दिनसकेको छैन । यहाँ पानीजहाज ल्याएर, भ्यु टावर बनाएर जनताका आधारभूत आवश्यकता पूर्ति हुने होइन; खाद्यान्न उत्पादन हुने होइन । देशलाई स्वावलम्बी या आत्मनिर्भर बनाउन नसकेसम्म कुनै पनि बेला नेपाल अभावै अभावको देश बनेर नेपाली जनता हाहाकार हुनेछन् । एकातिर नेपाल सरकारले भारतबाहेक अरु छिमेकी देशसँग थप दौत्य सम्बन्ध कायम गरेर सामान ल्याउन सम्झौता गरेको छैन भने अर्कोतिर आफ्नै देशको स्रोत र साधनको अधिक प्रयोग गरेर उत्पादन बढाएर आत्मनिर्भर गर्नेतर्फ कहिल्यै ध्यान दिएको छैन ।
देश भारत निर्भर भइरहेसम्म नेपाल र नेपाली जनताले सुख पाउने छैनन् । भारतीय शासकले कुनै पनि बेला नेपालीको निम्ति नभई नहुने सामानमा रोक लगाउन सक्छ† विगतमा रोक्दै आएको पनि हो । भारतले निर्यातमा पनि अवरोध पु¥याउन सक्छ । भारतले हालै विद्युत् कटौती ग¥यो; नेपालको सिमेन्ट निर्यात रोक्यो र प्लाइउड पनि रोक्यो । गत फागुनदेखि भारतले नेपाल–भारतका मुख्य मुख्य नाकामा नेपालको सामान निर्यातमा अवरोध पु¥यायो । यसको परिणाम व्यापार–व्यवसायमा असर प¥यो । उद्योगी व्यवसायीहरू अहिले दिनको १२ घण्टा घोषित र दुई घण्टा अघोषित लोडसेडिङ भइरहेको गुनासो पोख्छन् । लोडसेडिङ नहुनु राम्रो । तर, विडम्बना ! जलस्रोतको धनी देशमा जनताको मागअनुसार सरकारले बिजुली उत्पादन गर्न सकेको छैन; विद्युत् उत्पादन बढाउन सरकारले पहल गरेको देखिँदैन ।
सरकारले चाहेको भए जनताका आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सक्छ र नेपालमा सदाको लागि लोडसेडिङ मुक्त गर्न सक्छ । नेपालले एकपछि अर्काे विद्युत् उत्पादन गरेको भए न भारतसँग विद्युत् किन्नुपथ्र्याे न त देशमा लोडसेडिङ नै हुन्थ्यो । मागबमोजिम विद्युत् उत्पादन नभएकै कारण भारतसँग विद्युत् आयात गर्नुप¥यो र लोडसेडिङ भइरह्यो । पर्याप्त विद्युत् उत्पादन गरेको भए, उत्पादित विद्युत् सस्तोमा वितरण गरेको भए महँगो ग्यास किन्नुपर्दैनथ्यो । नेपालको अरबौँ खरबौँ रकम बिदेसिँदैनथ्यो । विगतमा भारतले ग्यास पठाएन, गहुँ पठाएन । त्यो बेला पनि देशमा हाहाकारकै स्थितिमा पुगेको थियो । सरकारले देशको कुन ठाउँमा के सामान उत्पादन गर्न सक्छ ? कहाँ के खोजीनीति गरेर खनिज निकाल्न सकिन्छ ? उद्योग खोल्न सकिन्छ, त्यतातर्फ सरकारको ध्यान जानुपर्ने हो । हरेक सामान विदेशबाट ल्याउनुपर्दा या विदेशीकै भरमा बस्नुपर्दा देश कसरी चल्छ ? जनताका आधारभूत आवश्यकता कसरी पूर्ति हुन्छ ?
भारतले नेपाली प्लाइउड भारत आयातमा अवरोध पु¥याइरहेकै बेला दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ९ खैरामा रहेको देशको दोस्रो ठुलो प्लाइउड तथा दाङको गौरवको उद्योगका रूपमा लिइएको गणपति भेनिएर तथा प्लाइउडमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको प्लाइउड नोक्सान भएको खबर मङ्गलबार निस्केको विभिन्न पत्रिकामा छापियो । नेपाली प्लाइउड भारतमा नल्याउन अवरोध भइरहेकै बेला आगलागी भएर क्षति भएकोमा शङ्का गर्ने ठाउँ बनाएको छ । कतै त्यो आगलागीमा भारतीय उद्योगपति, व्यापारी या त्यस्तै भारतीय दलालहरूको हात त छैन ? उद्योगी व्यवसायीहरूसँग लिनुपर्ने विद्युत् सेवा शुल्क लिन पाइला चालेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय ग¥यो ।
खाद्यान्नमा आत्मनिर्भर बनाउन देशमै चामल, मकै, गहुँ, जौ, गेडागुडी, तरकारी, फलफूल पर्याप्त उत्पादन गर्नुपथ्र्याे । उत्पादनको निम्ति सिँचाइ, बीउबिजन, मल, बाटोघाटोको व्यवस्था पुग्दो बिजुली उत्पादन गर्नुपर्ने हुन्छ । बाँझो भूमिलाई प्रयोग गर्नुपर्छ । देशको जनशक्ति देशमै उपयोग हुनुपर्छ । कृषि औजार सस्तो र सुलभ हुनुपर्छ । स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्छ । यसतर्फ शासकहरूको ध्यान नपुग्दा देशको स्थिति बेहाल भएको हो । देशलाई सधैँ भारत निर्भर बनाउने या विदेश निर्भर बनाउने ध्येयले नै शासकहरूले खेल खेलिरहेको व्यवहारबाट थाहा हुन्छ । मधेसी दलका नेताहरूले उपत्यका नाकाबन्दी गर्ने चेतावनी दिएकै हुन् । ‘एक मधेश एक प्रदेश’ नभए देश विखण्डन गर्ने र तराईका जिल्लाहरू विखण्डन गर्ने चेतावनी मधेसी नेताहरूले चेतावनी दिएकै हुन् । तद्नुसार लाग्यो भने देशको स्थिति के होला ? यसतर्फ खोइ सरकारको ध्यान ?
चामल, दाल, फलफूल, तरकारी, ग्यास, पेट्रोल डिजेल, पोशाक आदि सबै भारतबाटै आयात गर्नुपर्छ भने नेपाल कसरी आत्मनिर्भर हुन्छ ? सत्ताको निम्ति सिद्धान्त र विचार बन्धक राखेर दुई ठुला दलको गठबन्धन सरकार बन्दैमा देश आत्मनिर्भर हुने होइन । सरकार टिकाउने नाउँमा मन्त्रीको भागबन्डा गरेर उत्पादन बढ्ने होइन । बनेको सरकारले आफ्नो कार्यकाल पूरा गर्दैमा देश समृद्ध हुने होइन† नेपाली सुखी हुने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *