अन्तर वडा फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न
- जेष्ठ ६, २०८३
भक्तपुर, ५ फागुन । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको आज तेस्रो दिन प्रिक्वाटर फाइनल चरणका सबै खेलहरू सम्पन्न भयो । प्रिक्वाटर फाइनलको भक्तपुर नगरपालिका र गोदावरी नगरपालिकाबीच भएको खेलको उत्कृष्ट खेलाडी गोदावरी नगरपालिकाका तोरण मगरलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गर्दै आउँदा खेलहरूको लागि शुभकामना व्यक्त गर्नुभयो । आजै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले धनकुटा नगरपालिका, जनकपुर उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै खेलकुद प्रतियोगिताहरूले आपसी विश्वास, समझदारी र सम्बन्ध विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर, ५ फागुन । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको आज तेस्रो दिन प्रिक्वाटर फाइनल चरणका सबै खेलहरू सम्पन्न भयो । प्रिक्वाटर फाइनलको भक्तपुर नगरपालिका र गोदावरी नगरपालिकाबीच भएको खेलको उत्कृष्ट खेलाडी गोदावरी नगरपालिकाका तोरण मगरलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गर्दै आउँदा खेलहरूको लागि शुभकामना व्यक्त गर्नुभयो । आजै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले धनकुटा नगरपालिका, जनकपुर उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै खेलकुद प्रतियोगिताहरूले आपसी विश्वास, समझदारी र सम्बन्ध विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
आज भएको प्रिक्वाटर फाइनल प्रतियोगिताका ८ वटा खेलहरूमध्ये सहिद स्मृति खेल मैदानमा भएको पहिलो खेलमा बनेपा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई २५–११, २५–७ र २५–१६ अङ्कले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश गर्न सफल भयो । उक्त खेलमा बनेपा नगरपालिकाका जर्सी नम्बर ५ का प्रकाश थापा उत्कृष्ट खेलाडी छनोट भयो । सहिद स्मृति खेल मैदानमै भएको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले धनकुटा नगरपालिकालाई २५–२०, २५–२० र २५–१८ अङ्कले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश ग¥यो । उक्त खेलमा ललितपुर महानगरपालिकाका जर्सी नं ११ का कुलबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भयो । सहिद स्मृति खेल मैदान मै भएको प्रतिस्पर्धात्मक अन्तिम खेलमा भक्तपुर नगरपालिकाविरुद्ध गोदावरी नगरपालिका ललितपुरले २३–२५, २३–२५ र २१–२५ अङ्कले जित हासिल गरी क्वाटर फाइनल चरणमा प्रवेश ग¥यो ।
श्री पद्म माविमा भएको पहिलो खेलमा सूर्यविनायक नगरपालिकाले जनकपुरधाम उपमहानगरपालिकालाई २५–१५, २५–१३ र २५–१७ अङ्कले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश गर्न सफल भयो । उक्त खेलमा सूर्यविनायक नगरपालिकाका कमल सुनुवार उत्कृष्ट खेलाडी छनोट भयो । श्री पद्य मावि खेल मैदानमै भएको प्रतिस्पर्धात्मक दोस्रो खेलमा बुढानीलकण्ठ नगरपालिकाविरुद्ध तिलोतमा नगरपालिकाले १६–२५, २५–२०, २०–२५ र १८–२५ अङ्कले जीत हासिल गरी क्वाटर फाइनल चरणमा प्रवेश ग¥यो । सो खेलमा तिलोतमा नगरपालिकाका जर्सी नम्बर ४ का थमनबहादुर खत्री उत्कृष्ट खेलाडी घोषित भयो । श्री पद्म मावि खेल मैदानमा भएको अन्तिम खेलमा भोजपुर नगरपालिकाले मध्यपुर नगरपालिकालाई सोझो सेटमा २५–१८, २५–१७ र २५–२० अङ्कले पराजित गरी क्वाटर फाइनल प्रवेश ग¥यो । सो खेलमा भोजपुर नगरपालिकाका गोविन्द पराजुली उत्कृष्ट खेलाडी छानियो । उत्कृष्ट खेलाडीहरूलाई प्रत्येक खेलपश्चात आजै पुरस्कृत गरियो । प्रिक्वाटर फाइनलको २ वटा खेलमा २ वटा नगरपालिकाहरूका खेलाडीहरू अनुपस्थित रहकोले थाहा नगरपालिका र गोदावरी नगरपालिका कैलाली सोझै क्वाटर फाइनल चरणमा प्रवेश भए ।
आयोजक भक्तपुर नगरपालिकाका अनुसार फागुन ६ गते क्वाटर फाइनलका ४ वटै खेलहरू सहिद स्मृति खेल मैदानमा हुनेछन् । जसमा पहिलो खेल बिहान ९ बजे बनेपा नगरपालिकाविरुद्ध ललितपुर महानगरपालिका, दोस्रो खेल बिहान ११ बजे गोदावरी नगरपालिका ललितपुरविरुद्ध तिलोतमा नगरपालिका, तेस्रो खेल दिउँसो १ बजे सूर्यविनायक नगरपालिकाविरुद्ध भोजपुर नगरपालिका र चौथो खेल दिउँसो ३ बजे थाहा नगरपालिकाविरुद्ध गोदावरी नगरपालिका कैलालीको हुनेछ ।
नगर प्रमुख प्रजापतिसँग भलिबल खेलका टेकनिसियनहरूको भेटघाट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा आजको भलिबल प्रतियोगिताको अन्तिम खेलपछि भलिबल खेलसँग सम्बन्धित विभिन्न टेकनिकल व्यक्तिहरूसँग छलफल कार्यक्रम गर्दै खेलसँग सम्बन्धित सबै टेकनिकल व्यक्तिहरूलाई मार्गनिर्देशन गर्नुभयो । प्रमुख प्रजापतिबाट भक्तपुर नगरपालिका र नगरवासीहरूको तर्फबाट सबै टेकनिकल व्यक्तिहरूलाई धन्यवाद गर्दै सबैको सहयोग र साथले खेल सम्भव भएको विचार व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न ९२ सदस्यीय मूल समिति गठन गरेको जानकारी गराउँदै खेल हारजितको लागि भन्दा नियम सङ्गत रुपमा खेल्न र खेलाउनको लागि निर्देशन दिनुभयो । भक्तपुर नगरपालिकाले जस्तै अन्य नगरपालिकाहरूले पनि खेलकुदको विकासको लागि विभिन्न किसिमका प्रतियोगिताहरू सञ्चालन गर्न यस प्रतियोगिताले प्रेरित गर्ने विचार राख्नुभयो । चालू अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएपछि प्रतियोगिताको सिंहावलोकन गर्ने र प्रतियोगिताको दौरानमा भएका कमी कमजोरीहरूबाट सिक्न सकिने उपस्थित सबैलाई जानकारी गराउनुभयो ।
Leave a Reply