भर्खरै :

वडा नं ५ मा नाक, कान घाँटीको शिविर

वडा नं ५ मा नाक, कान घाँटीको शिविर

भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिका वडा नं ५ को आयोजनामा नाक, कान, घाँटीसम्बन्धी स्वास्थ शिविर शनिबार सम्पन्न भयो ।
शिविरको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षा र स्वास्थ्यलाई भनपाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
स्वस्थ भएमात्र समुदाय र देशलाई योगदान गर्नसक्ने भएकोले स्वस्थ हुनु जरूरी भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य शिविरहरू सञ्चालन हुने बेला सकेसम्म सबै नगरवासीले अवसरलाई उपयोग गर्नु जरूरी छ । अहिले नसर्ने रोगका बिरामीहरूको सङ्ख्या बढिरहेकोले खानपानमा विचार गर्नु जरूरी छ ।”
रोगसँग लड्ने क्षमता बढाउन आत्मबल बलियो हुनुपर्ने धारणा राख्दै उहाँले नियमितरूपमा स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले अस्पतालमा पनि जान अप्ठ्यारो र जान गा¥हो हुने उमेर पुगेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी घर–आँगन नजिकै स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक कार्यकर्ता पूर्णगोपाल राजचल, स्वास्थ्य स्वयम्सेवी राजमती ढुकुछु, वडा नर्स रीतिका फाजुले पनि बोल्नुभएको थियो ।
स्वास्थ्य शिविर सञ्चालनको लागि ख्वप अस्पतालका चिकित्सा टोलीले सहयोग गरेको थियो । शिविरमा १३२ ले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *