स्थानीय स्काउटको शुभकामना आदानप्रदान
- कार्तिक ६, २०८२
भक्तपुर, १६ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नक्कली नोट र नक्कली दस्तखत पहिचानसम्बन्धी तालिम सिद्धि गणेश तालिम हल, खँचामा शनिबारसम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जना युवाहरूको ३१०० रूपैयाँबाट सुरु भएको यस संस्था हाल २१ हजार शेयर सदस्य, ज्येष्ठ सदस्य तथा बाल बचतकर्ताहरूको परिवार बन्न सफल भएको बताउँदै संस्थाको हाल ३ अर्ब १५ करोडको कुल सम्पत्ति रहेको जानकारी दिनुभयो ।
उहाँले संस्थाबाट सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दै आउनुका साथै सदस्यहरूको स्वास्थ्यका निम्ति विभिन्न स्वास्थ्य सेवासहित सिद्धि गणेश स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले तालिमका प्रशिक्षक र सहजकर्तालाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक श्यामप्रसाद खतिवडाले सिद्धि गणेश साकोसजस्ता समुदायमा आधारित सहकारी संस्थाले समुदायको विकासका साथसाथै राष्ट्रको आर्थिक अवस्था सुदृढीकरण गर्न टेवा पु¥याइरहेको बताउनुभयो । मुद्रासँग सम्बन्धित कार्य जोखिमपूर्ण हुने हुनाले शङ्कास्पद नोट पहिचान तालिमले सो जोखिम कम गर्नेछ, उहाँले भन्नुभयो । उहाँले तालिममा शङ्कास्पद नोटको पहिचान गर्ने विभिन्न तरिकाहरू सहभागीहरूमाझ स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमका सहजकर्ता रामकाजी खाइजुले संस्थाबाट कर्मचारीहरूको साथसाथै सदस्यहरूको पनि क्षमता अभिवृद्धि गर्ने तालिम नियमित सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले कर्मचारीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्न आफूले पाएको जिम्मेवारीको कार्य सम्पादनका लागि आवश्यक ज्ञानको आफै खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।
त्यस्तै, सोही दिन शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी सिद्धान्तबारे जानकारी दिँदै सिद्धान्तको पालना गरी अघि बढेका सहकारी संस्था समस्यामा नपर्ने बताउनुभयोे ।
अध्यक्ष लाखाले सदस्यहरूको बचत प्रयोग गरी भौतिक सम्पत्ति बढाउने सहकारी संस्था समस्यामा पर्ने बताउँदै संस्थाको जगेडाकोष बलियो भएमात्र संस्था दिगो हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति, संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई मात्र सदस्यता प्रदान गरी आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाका सदस्यहरूलाई ब्याजको प्रलोभनमा परी आफ्नो बचत रकमसमेत फसेको उदाहरण दिँदै ब्याजको प्रलोभनमा नपर्न र आफू कारोबार गर्ने सहकारीसम्बन्धी जानकारी लिन सचेत गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले सिद्धि गणेश सहकारीको मुख्य उद्देश्य सदस्यहरूको बचत सङ्कलन गरी सदस्यहरूलाई ऋण प्रदान गर्नु हो भन्नुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमाला र सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply