लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भ.न.पा. ६ का वडाध्यक्ष हरिराम सुवालको सभापतित्वमा पाठेघरसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले दुर्गम जिल्लाका सर्वसाधारण जनता सामान्य उपचारबाट वञ्चित भई अकालबाट मृत्युवरण भइरहेको चर्चा गर्दै सत्तासीन दलहरू गैरजिम्मेवार भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै कलेज र ख्वप अस्पताल सञ्चालन यसकै दृष्टान्त हो भन्नुभयो ।
शरीर स्वस्थ भएमात्र समाजका लागि केही योगदान गर्न सकिने धारणा व्यक्त गर्दै उहाँले भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजलगायत ७ वटा कलेजहरू सञ्चालन गरी सर्वसाधारण जनताका सन्ततिहरूले न्यून शुल्कमा अध्ययन गर्न पाइरहेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वडा सदस्य गोविन्द दुवालले रोग नै शत्रु हुने बताउँदै एक जना महिला बिरामी हुनु परिवार नै बिरामी भए सरह हुने चर्चा गर्दै महिलाहरूले आफ्नो स्वास्थ्य परीक्षण गराउन लजाउन नहुने बताउनुभयो ।
उहाँले समयमै स्वास्थ्य परीक्षण गरे स्वास्थ्य उपचार सहज हुने बताउँदै महिला सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
समाजसेवी गोपीकृष्ण चाँगुभारीले महिलाहरूले आफ्नो स्वास्थ्य बरोबर परीक्षण गराएर स्वास्थ्य लाभ लिन सकिने बताउँदै भक्तपुर नगरपालिका सञ्चालन गरेको पाठेघरसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सार्थक भइरहेको उल्लेख गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले भक्तपुर नगरपालिकाले नगरवासी महिलाहरूको आर्थिक अवस्था कमजोर भएकाहरूलाई ध्यानमा राखी विभिन्न स्वास्थ्य शिविर कार्यक्रम गर्नुका साथै घरदैलो नर्सिङ कार्यक्रमले थोरै भए पनि स्वास्थ्य लाभ हुने चर्चा गर्नुभयो ।
पाठेघरसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रमका सभापति एवं वडाध्यक्ष हरिराम सुवालले युवाहरू लागूपदार्थ, मादकपदार्थ सेवनमा फसी घरायसी झैँ–झगडा बढिरहेको चर्चा गर्दै मादक पदार्थ सेवनबाट टाढा रहनुपर्ने बताउनुभयो । उहाँले वडाको विभिन्न विकास निर्माण कार्यहरूमा वडावासीहरूको साथ, सहयोग र उपभोक्ता समितिमार्फत पारदर्शीरूपमा निरन्तर अगाडि बढिरहेको छ भन्नुभयो ।
कार्यक्रममा वडा सदस्य सिद्धिराम अवालले पाठेघर शिविरले स्वास्थ्यलाभ हुने आशा व्यक्त गर्नुभयो ।
Leave a Reply