भर्खरै :

पोआओ एसिया मञ्चबाट एसिया र विश्वको विकासमा ‘पोआओ बुद्धिमत्ता’ को योगदानलाई जारी राखिने

पोआओ एसिया मञ्चबाट एसिया र विश्वको विकासमा ‘पोआओ बुद्धिमत्ता’ को योगदानलाई जारी राखिने

पोआओ एसिया मञ्चको वार्षिक सम्मेलन २०२५ मार्च २५–२८ सम्म गरी सम्पन्न भएको छ । चारदिने वार्षिक बैठकको क्रममा ६० भन्दा बढी देश र क्षेत्रका लगभग २००० चिनियाँ र विदेशी पाहुनाहरूले ‘विश्वव्यापी परिवर्तनको बिचमा एसियाको भविष्य सिर्जना गर्ने’ विषयमा गहन छलफल गरेका छन् । यस विषयवस्तुले अन्तर्राष्ट्रिय परिदृश्यमा हालका प्रमुख परिवर्तन र समायोजनहरूको बिचमा शान्ति, स्थायित्व र विकास खोज्ने सो क्षेत्रका देशहरूको साझा आकाङ्क्षालाई व्यक्त गर्दछ ।
एसियामा विश्व जनसङ्ख्याको लगभग ६० प्रतिशतको बसोबास छ । यसको आर्थिक उत्पादनले विश्वको ३५ प्रतिशतभन्दा बढी ओगटेको छ । यहाँ सांस्कृतिकरूपमा विविधता छ र विभिन्न सभ्यताहरू छन् । विगत केही दशकमा एसिया सबैभन्दा गतिशील क्षेत्रमा विकसित भएको छ । सबैभन्दा महत्वपूर्ण अनुभव भनेको समग्र स्थिरता कायम राख्ने, क्षेत्रीय देश विकासप्रति प्रतिबद्ध हुने र सक्रियरूपमा सामञ्जस्यपूर्ण सहअस्तित्व र साझा–जीत सहयोगको वकालत गर्ने हो । वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन र अराजकताले भरिएको छ । यसबिचमा भविष्यमा एसिया कहाँ जाँदै छ ? दस वर्षअघि पोआओ एसिया मञ्चको वार्षिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ‘साझा भविष्यसहितको एसियाली समुदायतर्फ अघि बढ्ने’ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई एसियाली देशबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो । एसियामा साझा भविष्य भएको समुदायको चेतना अभिवृद्धि गर्नु यस शताब्दीका परिवर्तनहरूलाई स्थिररूपमा प्रतिक्रिया दिने, चुनौतीहरूको सामना गर्ने र बाह्य अराजकताको प्रतिरोध गर्ने एक महत्वपूर्ण हतियार हो । यसरी पोआओ एसिया मञ्चको महत्व उजागर हुन्छ । एसियाका लागि पोआओ एसिया मञ्चको आर्थिक तथा सामाजिक विकास समृद्धि र सुरक्षामा केन्द्रित छ । यसले सम्पूर्ण एसियाली क्षेत्रलाई विश्व मञ्चमा एक महत्वपूर्ण खेलाडीको रूपमा प्रस्तुत गर्दछ र एसियाको भविष्यलाई आकार दिन मद्दत गर्दछ ।
चीनको विकास र समृद्धि सधैँ एसियाको भविष्य र भाग्यसँग नजिकबाट जोडिएको छ भने चीनले सधैँ मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीकरणको छिमेकी कूटनीति अवधारणाको अभ्यास गर्दै आएको छ । चीन १७ छिमेकी देशहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने सहमतिमा पुगेको छ, २५ छिमेकी देशहरूसँग संयुक्तरूपमा ‘बेल्ट एन्ड रोड’ निर्माण गर्ने सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ र १८ देशहरूको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । हाल चीनले चिनियाँ शैलीको आधुनिकीकरणमार्फत बलियो देशको निर्माणलाई व्यापकरूपमा प्रवद्र्धन गर्न जोड दिइरहेको छ । गत वर्ष पूर्वनिर्धारित आर्थिक वृद्धि लक्ष्यको सफल उपलब्धि पछ्याएपछि यस वर्षको सरकारी कार्य प्रतिवेदनले फेरि एक पटक लगभग ५ प्रतिशतको अपेक्षित आर्थिक वृद्धि लक्ष्य तय गरेको छ, जसले एसियाली अर्थतन्त्रको उच्च–गुणस्तरको विकासमा निरन्तर प्रोत्साहन प्रदान गर्नेछ । पोआओ एसिया मञ्च सचिवालयका प्रेस सल्लाहकार जफर विश्वास गर्नुहुन्छ कि चीनले चार प्रमुख दिशा स्पष्ट पारेको छः पहिलो, चीनको खुलापन नीति ‘परिवर्तन हुनेछैन, तर राम्रो र ठुलो रूपमा खुला हुनेछ’, दोस्रो, चिनियाँ सरकारले वित्तीय लगानी बढाएर घरेलु मागलाई प्रवद्र्धन गर्नेछ† तेस्रो, विदेशी लगानी आकर्षित गर्न थप प्राथमिकताका नीतिहरू लागू गरिनेछ र चौथो, विदेशी लगानीको मात्रा विस्तार गरिनेछ । “यी चार कारकहरूको संयोजनले चीनले विकास जारी राख्ने र विश्वव्यापी आर्थिक विकासका लागि प्रेरकशक्ति बन्ने सङ्केत गर्छ ।” जाफरको विश्वास छ कि चीनको अर्थतन्त्रको स्थिर वृद्धिले एसियालाई मात्र फाइदा पु¥याउने छैन, विश्व अर्थतन्त्रमा पनि गहिरो प्रभाव पार्नेछ ।
पोआओ एसिया मञ्च २४ वर्षदेखि आयोजना हुँदै आएको छ र एसियामा आर्थिक एकीकरणको प्रक्रियालाई तीव्र पार्न र एसियाको साझा भविष्यको भावना बढाउनका लागि यो एक महत्वपूर्ण इन्जिन बनेको छ । यो मञ्च पारस्परिक विश्वास र सहयोग प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण मञ्च बनेको छ । कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा प्रविधिको बढ्दो प्रयोग र तीव्र प्रतिस्पर्धाको पृष्ठभूमिमा यो मञ्च विशेषरूपमा महत्वपूर्ण छ । भविष्यमा, पोआओ एसिया मञ्चले एसिया र विश्वको विकासमा ‘पोआओ बुद्धिमत्ता’ को योगदान जारी रहनेछ ।
पो आउ एसिया मञ्चमा विश्वका लागि पुनःएकपल्ट चीनको आकर्षक शक्ति प्रदर्शन
मार्च २८ का दिन पो आउ एसिया मञ्च सन् २०२५को वार्षिक सम्मेलन सम्पन्न भयो । चार दिनसम्मको अवधिमा ६० भन्दा बढी मुलुक र क्षेत्रका झन्डै २ हजार प्रतिनिधिहरूले हाइनानको पो आउमा भेला भई ‘बदलिँदो विश्वमा सँगै मिलेर एसियाको भविष्यको सिर्जना गरौँ’ भन्ने मुख्य विषयबारे गहन रूपमा वैचारिक आदान प्रदान गरेका छन् ।
कसरी सँगै मिलेर एसियाको भविष्यको सिर्जना गर्ने ? मञ्चको घरमुली मुलुकको हैसियतले चीनले चारबुँदे प्रस्ताव प्रस्तुत गरेको छ । ती चारबुँदे प्रस्ताव यसप्रकार छन्ः विश्वासलाई प्रवद्र्धन गर्ने क्रममा एकता र सहकार्यलाई सबल पार्ने, खुलस्त सम्पर्कको प्रक्रियामा आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउने, आपसी हितयुक्त र साझा जीत हुने क्रममा समृद्धि र विकासलाई प्रवद्र्धन गर्ने तथा शान्तिपूर्ण सहअस्तित्वमा सुरक्षा र स्थिरताको संरक्षण गर्ने भन्ने रहेका छन् ।
यस वसन्त ऋतुमा पो आउ एसिया मञ्चबाट विश्वका लागि पुनःएकपल्ट चीनको आकर्षक शक्ति प्रदर्शन भएको छ । झन्झन् खुलस्त हुँदै जाने चीन सधैँ नै विदेशी पँुजीले लगानी लगाउने र कारोबार चलाउने उपयुक्त भूमि हुनुका साथै सहकार्यमार्फत साझा जीत हुने चौतारो पनि हुनेछ ।

–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *