भर्खरै :

अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताबारे प्रेस विज्ञप्ति

अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताबारे प्रेस विज्ञप्ति

भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरूप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, कराँते, बक्सिङ, टेबलटेनिस, जिम्नास्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको छ । भक्तपुरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने र खेलकुद क्षेत्रबाट पनि भक्तपुरको नाउँ उच्च बनाउने प्रशिक्षणको उद्देश्य हो ।
ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्ण नागरिकले सजिलैसँग अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ शारीरिक अभ्यासको पनि वडा–वडामा प्रशिक्षण चलाइरहेका छौँ । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूबाटै प्रशिक्षक बनाउने उद्देश्यले २७ जना छिकोङका प्रशिक्षार्थीहरूलाई माघ ९ गतेदखि १७ गतेसम्म प्रशिक्षक तालिम सम्पन्न ग¥यौँ । विद्यालयहरूमा खेलकुदको विकास गर्ने उद्देश्यले विगत ४ वर्षदेखि पूर्णकालीन खेलकुद प्रशिक्षकहरू नियुक्ति गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिंदै छौँ । विद्यालयका छात्राहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण पनि सञ्चालन गर्दै आएका छौँ । २०८० कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगरभित्रका ४९ वटा विद्यालयका खेलकुद शिक्षकहरूलाई एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन ग¥यौँ ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा घोषणापत्रमार्फत व्यक्त प्रतिबद्धताहरूमध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर–नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक हो । निर्वाचनको बेला जनताबिच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तर–नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको पनि यस अवसरमा यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचांँै वर्ष खो खो र गत वर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न ग¥यौँ । सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले यो वर्ष उपयुक्त समयमा अन्तर–नगर खेलकुद प्रतियोगिताको आयोजना गर्ने घोषणा गर्नुभयो । तत्पश्चात् भक्तपुरमा क्रियाशील जिम्मेवार खेल प्रशिक्षकहरू र खेलाडीहरूसँग व्यापक छलफल ग¥यौँ र उहाँहरूको सल्लाह र सुझावअनुसार भक्तपुर नगरपालिकाको कार्यपालिका बैठकले २०८१ साल चैत २३, २४ र २५ गते अन्तर—नगर जिम्नास्टिक खेल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति र १३ वटा विषयगत उपसमितिहरू गठन ग¥यौँ । ती सबै समितिहरूले आ—आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । हरेक वर्षको प्रतियोगिताले हामीलाई थप हौसला र उत्साह प्रदान गरिरहेको छ । हामी हाम्रा हरेक प्रतिबद्धताहरू दृढताका साथ पूरा गर्दै छौँ ।
यस वर्ष अन्तर – विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न ग¥यौँ । त्यस प्रतियोगितामा नगरमा रहेका ९२ वटा विद्यालयहरूमध्ये ८५ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । जिम्नास्टिक खेलमा उत्साहजनक सहभागिता थियो । २१ वटा विद्यालयहरूले जिम्नास्टिक खेलमा भाग लिएका थिए । यस वर्षदेखि स्थानीय पाठ्यक्रमअन्तर्गतको बाघचाल खेललाई पनि प्रतियोगितामा समावेश गरिएको थियो । प्रतियोगितामा समावेश गरिएका १५ वटा खेलहरूमध्ये बाघचाल प्रतियोगितामा भाग लिने विद्यार्थीहरू अत्यन्त उत्साहित देखिएका थिए । यस किसिमका खेलकुद प्रतियोगिताहरूमा आगामी वर्षहरूमा अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले आशा गरेका छौँ ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित यस प्रतियोगिता नेपाल जिम्नास्टिक सङ्घबाट मान्यता प्राप्त प्रतियोगिता हो । यस प्रतियोगितामा काठमाडौँ र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरूले भाग लिन नाम दर्ता गराइसकेका छन् । सहभागी नगरपालिकाहरू : १) काठमाडाँै महानगरपालिका २) ललितपुर महानगरपालिका ३) पोखरा महानगरपालिका ४) हेटौँडा उपमहानगरपालिका ५) भक्तपुर नगरपालिका ६) चाँगु नगरपालिका ७) सूर्यविनायक नगरपालिका ८) मध्यपुर थिमि नगरपालिका ९) बाग्लुङ नगरपालिका १०) रामग्राम नगरपालिका ११) बनेपा नगरपालिका १२) गोकर्णेश्वर नगरपालिका १३) शङ्खरापुर नगरपालिका १४) चन्द्रागिरी नगरपालिका १५) वालिङ नगरपालिका १६) कीर्तिपुर नगरपालिका १७) बुढानीलकण्ठ नगरपालिका १८) नागार्जुन नगरपालिका रहेका छन् । अन्तर–नगर जिम्नास्टिक प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रूपमा भक्तपुर नगरपालिकाले आयोजना गर्दै छ । प्रतियोगितामा प्रथम हुने टीमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । सहभागी खेलाडी र अफिसियलहरूलाई खाने र बस्ने व्यवस्था गरेका छौँ ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट हुनेछ । चैत २३ गतेदेखि २५ गतेसम्म हुने जिम्नास्टिक प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय परिसरबाट बिहान ८ः०० बजे सुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेल मैदानमा पुगी उद्घाटन हुनेछ । यस प्रतियोगिताबारे आ–आफ्नो सञ्चार माध्यमबाट व्यापक प्रचार प्रसार गरी सहयोग गर्नुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ ।

(भक्तपुर नगरपालिकाको आयोजनामा चैत २३ गतेदेखि २५ सम्म सञ्चालन हुने अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताबारे भएको पत्रकार भेटघाट कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीद्वारा प्रस्तुत प्रेस विज्ञप्ति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *