भर्खरै :

अरूको पाउ मोल्नेहरू सधैँ दास हुन्छन्

अरूको पाउ मोल्नेहरू सधैँ दास हुन्छन्

दिनदुःखीका सपनाहरू
सधैँ सधैँ अधुरै छन्
पूर्णिमाको उज्यालो रातमा
छोपी दिने बादल पनि छन् ।

बोल्छन् यहाँ अनेक अनेक
शासक नेता कार्यकर्ताहरू
रतिभर काम गर्दैनन्
हसुर्न कहिल्यै छाड्दैनन् ।

बहुमतको सरकार भन्छ
अध्यादेशले देश चलाउँछ
प्रजातन्त्र र गणतन्त्रको
मुकन्डो उनैले लगाउँछन् ।

देश र जनताको हितभन्दा
मालिकको इच्छा पूरा गर्ने
अरुको पाउ मोल्नेहरू
सधैँ सधैँ दास नै हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *