भर्खरै :

कीर्तिपुरमा १६ औँ सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता सुरू

कीर्तिपुरमा १६ औँ सहिद स्मृति कप ब्याडमिन्टन प्रतियोगिता सुरू

कीर्तिपुर, २३ चैत । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा सहिद दिवस (कीर्तिपुर) को अवसरमा १६ औँ स्मृति कप काठमाडौँ क्षेत्र नं. १० नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरू भयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले प्रतियोगिताको सफलताको कामना गर्दै खेलकुदको विकासमा नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायण महर्जनले सहिदको सपना साकार पार्न खेलाडीको तर्फबाट पनि दबाब दिनुपर्ने बताउनुभयो ।
उहाँले सहिदका सपना र आकाङ्क्षालाई सत्तासीन पार्टीहरूले बेवास्ता गरेकै कारण कामदार जनताले दुःख पाएका हुन् भन्नुभयो ।
प्रतियोगिता संयोजक मधुकर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिन्द्रा महर्जनले पनि बोल्नुभएको थियो ।
प्रतियोगिता जनसेवा माध्यमिक विद्यालयको कभर्ड हलमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *