नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
दैलेख, २३ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ महाबु गाउँपालिका समितिको आयोजनामा ‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तकको अन्तरक्रिया महाबु–४, काप्रीखोला, दैलेखमा सम्पन्न भयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले राजतन्त्र पुनःस्थापना हुँदैमा जनताको समस्या समाधान नहुने, शोषण अन्त्य नहुने हुँदा अबको विकल्प समाजवादी व्यवस्था हो भन्नुभयो ।
पार्टीको आठौँ महाधिवेशनले भागबन्डा, भ्रष्टाचार, सीमा अतिक्रमण, देशघाती सन्धि–सम्झौता, क्युवा र प्रजग कोरियामाथि अमेरिकाले गरेको नाकाबन्दी, प्यालेस्टिनमाथि अमेरिकाको सहयोगमा इजरायलले गरेको नरसंहारलगायतको विरोध तथा विश्वका न्यायप्रेमी जनसमुदायले गरेको सङ्घर्षको समर्थन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौलिक अधिकार नभए मानिसलाई बाँच्न गा¥हो हुन्छ । हामीलाई वाक् स्वतन्त्रता, राजनीतिक अधिकार, रोजगारी, कानुनी उपचार, प्रेस स्वतन्त्रता, चाहेको धर्म मान्न पाउने, सामाजिक सङ्गठनमा सहभागी हुन पाउनेलगायतको मौलिक अधिकार आवश्यक हुन्छ ।”
नेमकिपा दैलेखका अध्यक्ष जगतबहादुर ओलीले सामान्य महिलाले पनि सङ्गठनको नेतृत्व गर्नसक्ने बताउनुभयो । महिलाहरू निरन्तर पढ्न, सिक्न, लेख्न र पार्टीको गतिविधिमा सहभागी हुनुपर्ने उहाँले बताउनुभयो ।
सरकारमा गएका पार्टीहरूले कहिले पनि देश र जनताको समस्या समाधान गर्नेबारे सोचेनन्; एउटा जाति, धर्म र क्षेत्रको मात्र समस्या होइन सबैको हो† हामीले सारा मानव समुदायको हितमा काम गर्नुपर्छ र विभिन्न देशको क्रान्तिबाट सिक्नुपर्छ , उहाँले भन्नुभयो ।
पुस्तकबारे दुर्ग थापामगर, टेकबहादुर सलामी, लक्ष्मी सिंहलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply