भर्खरै :

गाजामा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजामा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

जेरुसेलम २३ चैत (सिन्ह्वा) । इजरायल रक्षा बल (आइडिएफ) ले शुक्रबार एक वक्तव्यमा गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।
आइडीएफका अनुसार बिहीबार मारिएका खुदारी ‘हमासभित्रका प्रमुख वित्तीय सहजकर्ता’ थिए ।
मुद्रा विनिमयकर्ताका रूपमा आफ्नो भूमिकामा खुदारी अल वेफाक कम्पनी कोषका प्रमुख थिए भन्दै आइडीएफले अल वेफाक कम्पनीलाई इजरायली सरकारद्वारा ‘प्यालेस्टिनी संस्थाहरूमा रकम पु¥याउने कार्यमा संलग्न भएका कारण’ आतङ्कवादी सङ्गठन घोषित गरिएको थियो ।
आइडिएफले खुदारी वर्षौंदेखि विशेष गरी सन् २०२३ अक्टोबर ७ पछि ‘हमासको सैन्य पक्षमा धेरै वित्तीय हस्तान्तरणहरूमा संलग्न’ पनि भनेको छ ।
उनको संलग्नता सन् २०१९ मा उनका भाइ हामेद खुदारीको हत्या पछि बढेको थियो । आइडीएफका अनुसार हामेद हमासको सैन्य कार्यका लागि एक प्रमुख वित्तीय माध्यम पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *