भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
भक्तपुर, २४ चैत । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको बैठक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको अध्यक्षतामा जिल्लास्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्तरीय कार्यालय प्रमुखहरू, नगरपालिकाका प्रमुख र प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू, पत्रकारलगायत विपद् व्यवस्थापनमा कार्यरत सङ्घ–संस्थाका प्रतिनिधिहरूको संयुक्त बैठक शुक्रबार भयो ।
उक्त बैठकमा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले विपद्बाट सार्वजनिक सम्पदा, वनजङ्गल, पानीको मुहान, मठमन्दिर, खोलानाला, बस्ती जोगाउन अवैधरूपमा सञ्चालित प्लटिङ र बालुवा तथा माटो खानी तुरून्तै रोकिनुपर्ने बताउनुभयो ।
उहाँले सूनपा–९, काँक्राबारीको घिसिङडाँडामा अवैधरूपमा सञ्चालन गरिएको प्लटिङले वनजङ्गल विनाश गरेको, पानीको मुहान क्षतविक्षत बनाएको, पाइपलाइन क्षतविक्षत भई खानेपानीबाट स्थानीय जनता बञ्चित भएको, बस्ती विस्थापित हुन बाध्य पारेको र लामाटोल अति जोखिममा परेको हुँदा तत्काल बन्द गराउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले चानपा– ९ को तब्याखुसी, चानपा–५ को दोभान खोला र रातोपाती खोला, चानपा ३ र ४ को माधवखोला, चानपा २ को खासाङखुसुङ खोलालगायतका अन्य खोलाको दुवैतर्फको डिल भत्की हजारौँ रोपनीको धानबाली डुबानमा परी नष्ट हुनुमा अवैधरूपमा सञ्चालित प्लटिङ तथा माटो खानीको कारणले भएको बताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुखले प्रस्तुत गर्नुभएका बन डढेलो र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्र सञ्चालनसम्बन्धी तयारी गरिएको कार्य सञ्चालत विधि मस्यौदा २०८१ माथि प्रतिनिधिहरूले आ–आफ्ना सुझावहरू दिनुभएको थियो ।
Leave a Reply