भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
भक्तपुर, २४ चैत । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को ज्येष्ठ तथा बाल सदस्य उपसमितिको आयोजनामा संस्थाका बाल सदस्यहरूको वनभोज कार्यक्रम शनिबार सम्पन्न भयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य लक्षित कार्यक्रमको साथसाथै वार्षिक कार्यतालिकामा बाल सदस्यहरूलाई लक्षित गरी विभिन्न प्रतियोगिता, तालिम तथा अन्य गतिविधिहरू गर्दै आइरहेको छ । यस वर्ष संस्थाले यातु गणेश परिसरमा वनभोज कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा म्युजिकल चियर, स्पुन रेस, घ्याम्पो फुटाउने, जम्प एन्ड इट, आनाकोन्डा, बेलुन फुटाउने, बोटल फिलिप गर्नेजस्ता विभिन्न खेल खेलाई बालबालिकाहरूलाई दिनभरि मनोरञ्जन गराइएको थियो ।
कार्यक्रममा खेलमा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई संस्था उपाध्यक्षलगायत पदाधिकारीहरूबाट कापी, कलम र चकलेट पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बालबालिकाहरूले आफूमा भएको प्रतिभा पनि प्रस्तुत गरेका थिए । भक्तपुरका विभिन्न स्कूलका ११० जना बालबालिकाहरू सहभागी भए ।
Leave a Reply