भर्खरै :

पाल्तडामा विद्यार्थी भेला – श्रम र श्रमिकको सम्मान गर्नुपर्ने

पाल्तडामा विद्यार्थी भेला – श्रम र श्रमिकको सम्मान गर्नुपर्ने

दैलेख, २८ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दैलेख जिल्ला समितिको आयोजनामा पाल्तडा दैलेखमा बिहीबार विद्यार्थी भेला सम्पन्न गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले विद्यार्थीले सार्वजनिक सम्पत्तिको हिफाजत गर्ने, जनताको सामान सित्तैमा नलिने, महिलाप्रति सम्मान गर्ने कुरालाई गम्भीरतापूर्वक लागू गर्नुपर्ने विचार राख्नुभयो । उहाँले श्रमको सम्मान, श्रमिकको सम्मान नगर्ने विद्यार्थी नेक्राविसङ्घको कार्यकर्ता हुन नसक्ने भन्दै विद्यार्थीले सामाजिक काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीले तथ्यमा रहेर सत्य पत्ता लगाउने वैज्ञानिक चिन्तन राख्नुपर्ने भन्दै निरन्तर अध्ययनको बानी बसाल्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले विद्यार्थीहरूले जुनसुकै क्षेत्रमा गए तापनि र जुनै पेसा गरे तापनि देश र जनताको सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थी राजनीतिबारे प्रस्ट पार्दै अहिलेको नेतृत्वले देश र जनताको सेवा गर्न नसकेकोले विद्यार्थीले राजनीति बुझ्नुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले मानव समाजबारे प्रशिक्षण दिँदै नेपाली समाजमा वर्गभेद बाकी रहेको हुँदा सबै सङ्गठित भएर अघि बढेमा समाजवादको लक्ष्यमा पुग्न सकिने विचार राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य विनोद विकले जनताको साहित्यबारे प्रशिक्षण दिँदै जनताको जीवनसँग प्रत्यक्ष मेल खाने साहित्यले जनताको सांस्कृतिक स्तर उकास्न टेवा पु¥याउने विचार राख्नुभयो ।
नेक्राविसङ्घ दैलेखका अध्यक्ष केशव शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्का, नेमकिपा चाविनपा समितिका उपाध्यक्ष कृष्णप्रसाद ढकाल, नेक्राविसङ्घका केन्द्रीय सदस्य तारा न्यौपाने र सुजी ह्योङ्गोजुले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *