भर्खरै :

म कुनै सङ्ख्या होइन, म गाजाको वास्तविक कथा हुँ, सम्झनुहोस् !

म कुनै सङ्ख्या होइन, म गाजाको वास्तविक कथा हुँ, सम्झनुहोस् !

रुवैदा आमेर निरन्तर इजरायली बमबारी र त्यसपछि के हुन्छ भनेर सोचिरहेको आतङ्कसँग जुध्नेबारेमा कुरा गर्छिन् ।
म इच्छापत्र लेख्नेबारेमा सोचिरहेको छुँ।
मृत्युलाई यति नजिकबाट महसुस गर्नेछु भन्ने मैले सोचेको थिइनँ। म भन्थें मृत्यु अचानक आउँछ, हामी महसुस गर्दैनौँ, तर यो युद्धको समयमा, तिनीहरूले हामीलाई सबै कुरा महसुस गराए … बिस्तारै ।
यो हुनुभन्दा पहिले नै हामी पीडित हुन्छौँ, जस्तै तपाईंको घरमा बम विस्फोट हुने आशा गर्दै ।
युद्ध सुरु भएदेखि नै यो अझै उभिरहेको हुन सक्छ, तर डरको त्यो भावना तपाईंभित्र रहन्छ । यो डरले मेरो मुटुलाई कमजोर बनाएको छ, मलाई लाग्छ कि यसले अब केही पनि सहन सक्दैन ।
युद्धको सुरुआतदेखि नै, म इजरायली सेना हाम्रो नजिक भएकोमा सङ्घर्ष गरिरहेको छु । मलाई याद छ, जब ट्याङ्कहरू नेत्जारिम क्षेत्रबाट प्रवेश गरे मैले मेरा सबै साथीहरूलाई सन्देश पठाएँ, “तिनीहरू कसरी गाजामा प्रवेश गरे ? के म सपना देखिरहेको छु ?”
म गाजाबाट तिनीहरू फिर्ता हुने प्रतीक्षामा थिएँ, यो फेरि स्वतन्त्र होस् भनेर । हामीले सधैँ थाहा पाएका थियौँ । अब तिनीहरू म भएको ठाउँको धेरै नजिक छन्, अल–फुखारीमा, खान युनिसको पूर्वमा र रफाहको उत्तरमा । यो त्यो बिन्दु हो जहाँ खान युनिस समाप्त हुन्छ र रफाह सुरु हुन्छ ।
तिनीहरू यति नजिक छन्, हामीलाई हरेक क्षण डरलाग्दो विस्फोटहरू सुन्न बाध्य पार्छन्, जसले हामीलाई ती अनन्त आवाजहरू सहन बाध्य पार्छ ।
यो युद्ध फरक छ, मैले पहिले अनुभव गरेको भन्दा धेरै फरक छ ।
मेरो कथा सम्झनुहोस्
म सङ्ख्या बन्न चाहन्न ।
सहिदहरूलाई ‘अज्ञात व्यक्तिहरू’ भनेर सम्बोधन गरिएको वा सामूहिक चिहानमा राखिएको देखेदेखि नै यो कुरा मेरो दिमागमा अड्किएको छ । तिनीहरूमध्ये केही शरीरका अङ्गहरू पनि छन् जुन पहिचान गर्न सकिँदैन ।
के यो सम्भव छ कि मेरो कफनमा लेखिएको यतिमात्र लिखिन्छ ‘कालो÷नीलो ब्लाउज लगाएकी युवती’ हुनेछ ?
के म ‘अज्ञात व्यक्ति’ को रूपमा मर्न सक्छु, केवल सङ्ख्या ?
म चाहन्छु कि मेरो वरपरका सबैले मेरो कथा सम्झून् । म सङ्ख्या होइन ।
म त्यही केटी हुँ जसले असाधारण परिस्थितिहरूमा उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयको अध्ययन गरेकी थिएँजब गाजा एकदमै कडा घेराबन्दीमा थियो । मैले विश्वविद्यालय पूरा गरेँ र मेरो बुबालाई मद्दत गर्न जताततै काम खोजेँ, घेराबन्दीबाट थकित थिए र धेरै पटक आफ्नो जागिर गुमाएका थिए ।
म मेरो परिवारकी जेठी छोरी हुँ र म मेरो बुबालाई मद्दत गर्न र हामीलाई बस्नको लागि राम्रो घर बनाउन चाहन्थेँ ।
पर्खनुहोस्… म केही पनि बिर्सन चाहन्न ।
म एक शरणार्थी हुँ। मेरा हजुरबा–हजुरआमा शरणार्थी थिए जसलाई १९४८ मा इजरायली कब्जाले हाम्रो कब्जा गरिएको भूमि छोड्न बाध्य पारेको थियो ।
तिनीहरू गाजा पट्टीमा सरे र सहरको पश्चिममा रहेको खान युनिस शरणार्थी शिविरमा बसे ।
मेरो जन्म त्यही शिविरमा भएको थियो, तर इजरायली सेनाले मलाई त्यहाँ मेरो जीवन जारी राख्न दिएन ।
तिनीहरूले २००० मा हाम्रो घर भत्काए र हामी दुई वर्षसम्म आश्रयबिना नै रह्यौँ । हामी एउटा बस्न नसकिने घरबाट अर्कोमा सयौँ, जबसम्म ग्ल्च्ध्ब् ले हामीलाई २००३ मा अल–फुखारीमा अर्को घर दिए ।
त्यो अद्भूत क्षेत्र, खेतीयोग्य जमिनसहितको, जहाँ हामीले छिमेकमा जीवन निर्माण गर्ने प्रयास गर्यौं जसलाई त्यहाँ रहेको युरोपेली अस्पतालको नाममा ‘युरोपियन आवास’ नाम दिइएको थियो ।
घर सानो थियो, पाँच जनाको परिवारको लागि पर्याप्त थिएन, बुबा र आमासहित । यसलाई अतिरिक्त कोठाहरू, बैठक कोठा आवश्यक थियो र भान्साकोठाको काम बाँकी थियो ।
हामी त्यहाँ लगभग १२ वर्ष बस्यौँ र सकेसम्म चाँडो, मैले मेरो बुबालाई मद्दत गर्न लगभग २०१५ मा काम गर्न थालेँ ।
मैले उहाँलाई घर बस्नको लागि सहज बनाउन मद्दत गरेँ । हो, हामीले त्यो हासिल गर्यौँ, तर यो धेरै गा¥हो थियो । हामीले अक्टोबर ७, २०२३ भन्दा तीन महिनाअघि मात्र हाम्रो घर निर्माण गरेका थियौँ ।
हो, मैले हाम्रो आर्थिक क्षमताअनुसार यसलाई टुक्रा–टुक्रा गरेर पुनर्निर्माण गर्न लगभग १० वर्ष बितायौँ र हामीले युद्ध हुनुभन्दा ठीक अगाडि यसलाई पूरा गर्न सफल भयौँ ।
जब युद्ध भयो, म पहिले नै थकित थिएँ, गाजाको घेराबन्दी र जीवनको कठिनाइबाट । त्यसपछि युद्धले मलाई पूर्ण स्खलित बनायो, मेरो हृदयलाई थकित बनायो र मेरो ध्यान गुमायो ।
म दौडँदै उठ्छु
युद्धको सुरुवातदेखि नै, हामी केही न केहीको लागि लडिरहेका छौँ ।
बाँच्नको लागि लड्दै, भोक वा तिर्खाले नमर्न लड्दै, हामीले देखेका र अनुभव गरेका भयावहहरूबाट हाम्रो दिमाग नगुमाउन लड्दै ।
हामी कुनै पनि तरिकाले बाँच्न खोज्छौँ । हामी विस्थापनबाट गुज्रिएका छौँ – मेरो जीवनमा, म चार घरमा बसेको छु र प्रत्येक घर इजरायली सेनाको बमबारी नजिकै थियो ।
हामीसँग सुरक्षित ठाउँ छैन । युद्धविराम अघि, हामीले ५०० दिनको आतङ्कको अनुभव गर्यौं । दुर्भाग्यवश, युद्धको समयमा मैले नगरेको कुरा हुनुु थियो । मैले बलियो रहन खोजें र मेरो दुःख र क्रोधलाई भित्रै राखें, जसले मेरो हृदयलाई थकित बनायो र यसलाई अझ कमजोर बनायो ।
म मेरो वरपरका सबैको सहयोगी र सकारात्मक थिएँ। “हो, उत्तरका मानिसहरू फर्कनेछन् । हो, सेना नेत्जारिमबाट पछि हट्नेछ ।” म सबैलाई बल दिन चाहन्थेँ, जबकि म भित्र ठुलो कमजोरी थियो जुन म देखाउन चाहन्नथेँ ।
मलाई लाग्यो कि यदि यो देखायो भने, म यो भयानक युद्धमा मर्नेछु ।
युद्धविराम मेरो बाँच्ने ठुलो आशा थियो । मलाई लाग्यो कि म सफल भएँ। युद्ध सकियो ।
जब मानिसहरूले सोधेः “के युद्ध फेरि फर्कनेछ ?” मैले आत्मविश्वासका साथ जवाफ दिएँ, “होइन, मलाई लाग्दैन कि यो फर्किनेछ । युद्ध सकिया  ।”
युद्ध फेरि फर्कियो र मेरो लागि पहिलेभन्दा नजिक आयो । कहिल्यै नसकिने गोलाबारीले ल्याएको निरन्तर डरमा म बाँचेको थिएँ। तिनीहरूले हामीविरुद्ध सबै प्रकारका हतियारहरू प्रयोग गरे – रकेटहरू, विमान र ट्याङ्कहरूबाट गोलाबारी । ट्याङ्कहरूले गोलाबारी गरिरहे, निगरानी ड्रोनहरू उडिरहे† सबै कुरा डरलाग्दो थियो ।
म एक हप्ताभन्दा बढी समयदेखि निदाएको छैन । यदि म निदाएको छु भने, विस्फोटको आवाजले बिउँझन्छु र दौडिरहेको छु । मलाई थाहा छैन म कहाँ जान खोजिरहेको छु तर म घरबाट दौडन्छु ।
निरन्तर आतङ्कमा, मैले मेरो हात मेरो मुटुमा राखेँ, यसले धेरै सहन सक्छ कि भनेर ।
त्यसैले मैले मेरा सबै साथीहरूलाई सन्देश पठाएँ, उनीहरूलाई मेरो कथाको बारेमा कुरा गर्न आग्रह गरेँ ताकि म सङ्ख्या मात्र नबनू ।
इजरायली सेनाले मेरो वरपरको छिमेकलाई ध्वस्त पार्दा हामी असहनीय दिनहरू बिताइरहेका छौँ । यहाँ अझै धेरै परिवारहरू बसिरहेका छन् । तिनीहरू छोड्न चाहँदैनन् किनभने विस्थापन थकाइलाग्दो छ – शारीरिक, आर्थिक र मानसिकरूपमा ।
मलाई याद छ, पहिलो विस्थापन २००० मा भएको थियो, जब म लगभग आठ वर्षको थिएँ।
इजरायली सेनाको बुलडोजर खान युनिस शिविरमा आए र मेरो काकाको घर र मेरो हजुरबुबाको घर ध्वस्त पारे । त्यसपछि कुनै कारणवश, तिनीहरू हाम्रो घरमा रोकिए ।
त्यसैले हामी गयौँ । रमजान थियो, र मेरा आमाबाबुले सोच्नुभयो कि हामी पछि फर्कन सक्छौँ । उनीहरूले हामीलाई आश्रय दिनको लागि एउटा जीर्ण खोक्रो घर भेट्टाए, अस्थायी रूपमा, उनीहरूले सोचे ।
हामीले हाम्रो घर गुमाएको कल्पना मलाई असह्य भयो, त्यसैले म त्यो घरमा फर्कन्थें जहाँ मेरा हजुरबा हजुरआमासँगका ती सबै सुन्दर सम्झनाहरू थिए र म मेरी आमालाई फिर्ता लैजान केही चीजहरू लिन्थें ।
इजरायली सेनाले ईदको अघिल्लो रात हाम्रो घर भत्कायो । म र मेरो परिवार ईद अल–फित्रको पहिलो दिन त्यहाँ गएका थियौँ । मलाई याद छ कि मैले मेरो नयाँ ईद पोशाक लगाएर भग्नावशेषमा ईद मनाएको थिएँ।
इजरायली सेनाले हामीलाई केही पनि राख्न दिँदैन, सबै कुरा नष्ट गर्छ, हाम्रो हृदयमा दुःखबाहेक केही छोड्दैन ।
मलाई थाहा छैन यदि संसारले हामीलाई यो भयानक सेनाबाट बचाउन भने भविष्य के हुन्छ ।
मलाई थाहा छैन कि मेरो हृदयले यी अनन्त आवाजहरू अब सहन सक्छ कि सक्दैन । मलाई कहिल्यै नबिर्सनुहोस् ।
मैले मेरो जीवनको लागि कडा सङ्घर्ष गरेकी छु । मैले १० वर्षदेखि पत्रकार र शिक्षकको रूपमा कडा परिश्रम गर्दै आफूलाई समर्पित गर्दै आएको छु ।
मेरा मन पराउने विद्यार्थीहरू र सहकर्मीहरू छन् जसँसग मेरा सुन्दर सम्झनाहरू छन् ।
गाजामा जीवन कहिल्यै सजिलो भएको छैन, तर हामी यसलाई माया गर्छौं, र हामी अरू कुनै घरलाई माया गर्न सक्दैनौँ ।

स्रोत – अल जजीरा, अप्रिल ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *