भर्खरै :

नव वर्षको शुभकामना !

नव वर्षको शुभकामना !

हिमशिखरको काखमा रहेको यो पवित्र भूमिमा
नयाँ दिन घुमिरहेछ भित्ताको नयाँ क्यालेन्डरमा
‘२०८२’ सालको नव वर्ष शुभारम्भ भएको छ
प्रत्येक छानामाथि वैशाख हिँडिरहेछ यो भूमण्डलमा ।
सफलता, शान्ति, दीर्घायुको कामना लिएर
नयाँ उमङ्ग, नयाँ उत्साहका साथ नव वर्ष आएको छ
‘२’ अड्ढबाट सुरु भएको संवत्मा विभिन्न समस्या देखा पर्छन्
यो समस्याको समाधान गर्न सकोस् भनी नव वर्षको शुभकामना ।
आज यो हिमाल, पहाड र तराईका
प्रत्येक स्वाभिमानी, पीडित मानवहरूले
नैतिक आचरणलाई पालन गरी सावधानी अपनाएर
यो शान्तिभूमिमा स्वस्थ र निरोगी भएर कदम चाल्न सकोस् ।
प्रत्येक शिक्षकको सेवा र तपस्या
यो मातृभिमको लागि अपार महिमाले भरिपूर्ण योगदान हुनु
सदियाँैदेखि अँध्यारो पथमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गरेर
एक कलिलो हँसिलो संसारको न्वारान गरेर राष्ट्रको सेवा गर्न सकोस् ।
धर्तीका मुस्कान विद्यार्थीको आवाजमा जीवनको सत्य भाषा हुन्छ
यही सत्यता र लगनशीलताको पथमा लम्केर
सामाजिक सेवा देशभक्तिको पाठ सिकेर
यो राष्ट्रको प्रतिभाशाली भविष्यका कर्णधार बनेर चम्कन सकोस् ।
आफ्नो स्वतन्त्रता र अधिकारको लागि
निमुखा जनता जागरुक भएर पाइला चाल्न सकोस्
यो जनमानसमा गुञ्जिरहेको नयाँ वर्षको शुभकामना
यो मातृभूमिमा सधँै सम्झिरहनेछन्
हामी यही कामना लिएर अघि बढिरहनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *