वित्तीय बजारमा सहकारीको अवस्था र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऋणी र सदस्यहरूलाई जानकारी एवं छलफल
- जेष्ठ १०, २०८३
भक्तपुर, १० जेठ । एसईई २०८२ उत्तीर्ण विद्यार्थीहरूलाई ख्वप्रिङ इङलिस एकेडेमी लिबालीले अभिनन्दन कार्यक्रम शनिबार सम्पन्न ग¥यो । प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाईज्ञापन गर्दै परीक्षाको उच्च जीपीएभन्दा पनि व्यावहारिक र अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “दियोको पाला सुनको होस् या चाँदीको, त्यो भन्दा मुख्य कुरा दियोले दिने उज्यालो नै हो । परीक्षामा ‘ए’ प्लस जीपीएभन्दा पनि जीवनलाई ‘ए’ प्लस बनाउन सक्नु मुख्य हुन्छ । जीपीए विद्यार्थीको बाह्य रूप हो† त्योभन्दा पनि विद्यार्थीको भित्री मन असल हुनुपर्छ† व्यवहार अनुशासित हुनुपर्छ ।”
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरूलाई अरूको लहैलहैमा नलागी आफू आफै सम्हालिएर हिंड्न सुझाव दिँदै गलत सङ्गतबाट जोगिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
अतिथि डा. बलराम दुवालले आफूसँग भएको सीपलाई व्यावहारिक रूपमा उत्तार्नु नै व्यवस्थापन रहेको बताउनुभयो भने आईटी विज्ञ गोपाल किसीले शैक्षिक योग्यतासँगै हातमा सीप पनि हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रिन्सिपल विनोद प्रजापति, भाइस प्रिन्सिपल निराजन प्रजापति, पूर्वविद्यार्थी पूजा खड्का र एसईई २०८२ का प्रतिनिधि आरुष प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply