विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, १० जेठ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा शिक्षकहरूको लागि सञ्चालित दुई दिनको कृत्रिम बौद्धिक (एआई) सम्बन्धी तालिम आइतबार सम्पन्न भयो ।
तालिममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र र प्रशिक्षकहरूलाई धन्यवाद पत्र वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा लैजान आ–आफ्ना विद्यालयका शिक्षकहरूलाई पनि सिकाउनु उपयुक्त हुने धारणा राख्नुभयो ।
केही विज्ञहरूले सधैँ लिफ्टमा मात्र चढिए शरिरका मांसपेशी कमजोर हुने भनेजस्तै कृत्रिम बौद्धिकतामा धेरै निर्भर हुँदा आफैप्रति शङ्का उत्पन्न हुने र आत्मविश्वास घट्न सक्नेतर्फ सबै सचेत हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
तालिममा सहभागी शिक्षकहरू सरिता लामा र कृष्णराम त्वानाबासुले तालिममा प्राप्त अनुभवबारे प्रकाश पार्नुभयो भने प्रशिक्षक रमेश प्रजापतिले साइबर अपराधबारे पनि सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमको सभापतित्व शिक्षक गणेशराम थुसाले गर्नुभएको थियो ।
Leave a Reply