ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन
- बैशाख ११, २०८२
काठमाडौँ, ३० चैत । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँको आयोजनामा चौथो नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम २०८२ वैशाख १२ गते शुक्रबार हुने भएको छ ।
मूल आयोजक समितिको चैत २२ गते बसेको बैठकले चौथो नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरपालिका वडा नं. २२ दानकीर्ति महाविहार पाला द्यः सड्ढटा टेवहाल टोलमा गर्ने निर्णय गरेको हो ।
आयोजकका अनुसार यही वैशाख ९ गतेसम्म प्रगतिशील लेख, रचना बुझाउन अनुरोध गरेको छ ।
तःमुंज्याले नेपालभाषाका रचनाहरू कविता, कथा, निबन्धमा प्रतिस्पर्धा हुनेछ ।
तःमुंज्या डबलीमा भाषा साहित्य, कला, संस्कृतिको विकासका साथै देशको
समसामयिक राजनीतिक स्वास्थ्य, भूगोल जलस्रोतका विषय विशेषज्ञको प्रस्तुतिको साथै सांस्कृतिक कार्यक्रम हुनेछ ।
वैशाख १२ गतेको कार्यक्रम आयोजना गर्न राजु कपालीको अध्यक्षतामा १९ सदस्यीय आयोजक समिति गठन भएको छ । जसमा उपसंयोजकमा सानुकाजी महर्जन, सचिवमा राजेन्द्र रजक, कोषाध्यक्षमा दामोदर कारञ्जित रहनुभएको छ ।
बैठकबाट राजु कपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र दामोदरलाल कारंजितको संयोजकत्वमा आर्थिक सड्ढलन समिति गठन गरिएको छ ।
Leave a Reply