ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन
- बैशाख ११, २०८२
काठमाडौँ, ३० चैत । चैत १५ गते काठमाडौँ तीनकुनेको जनप्रदर्शनमा शहादत प्राप्त गर्नुभएका चालक सविन महर्जन र फोटो पत्रकार (एभीन्युज टीभी) सुरेश रजकको घरमा पुगेर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसहितको टोलीले परिवारजनसँग भेटघाट गरी समवेदना व्यक्त ग¥यो ।
चैत १५ गते तीनकुनेमा शहादत हुनुभएका पत्रकार रजक र चालक महर्जनको परिवारले सांसद सुवालसँग हत्याका दोषीहरूलाई कानुनी कारबाही हुनुपर्ने, दुवैलाई सहिद घोषणा गरिनुपर्ने उल्लेख गर्दै रजकका पत्नी सुजन मगिया तथा चालक महर्जनका पत्नी सुविषा मल्लठकुरी र उहाँहरूको ८ वर्षकी छोरी भविषा महर्जन तीनै जनाको विश्वविद्यालयसम्म शिक्षाको व्यवस्था र तत्पश्चात् रोजगारीको प्रत्याभूति हुनुपर्ने विषय सरकारसम्म पु¥याइदिन आग्रह गर्नुभयो ।
पत्रकार रजकका पत्नी सुजन र चालक सविन महर्जनकी पत्नी सुविषा दुवैले १२ कक्षासम्म अध्ययन गरेका छन् । उहाँहरूले दोषीलाई कारबाही आवश्यक भएको दोहो¥याउनुभयो ।
सांसद सुवालले चैत १५ गते तीनकुनेको प्रदर्शनमा सहभागी हुने अधिकांश सर्वसाधारण जनताको माग शिक्षा–स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारीको व्यवस्था भएको र यस्तो बन्दोबस्त राजतन्त्र पुनःस्थापना वा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सम्भव नभएको उल्लेख गर्दै यसको लागि समाजवादी गणतन्त्र जरूरी हुने स्पष्ट पार्नुभयो ।
सांसद सुवालले नेपाल मजदुर किसान पार्टीका प्रकाशनहरू कामदारवर्गका महिलाहरूको हितमा जीवन समर्पण गरेका अन्तर्राष्ट्रिय ख्यातीप्राप्त महिलाहरूको जीवनी समावेश पुस्तक, जनताको साहित्य र साहित्यकार, मार्गनिर्देशनबारे भाइबहिनीहरूलाई चिठी शहादत भएका रजक र महर्जनका परिवारलाई हस्तान्तरण गर्नुभयो ।
टोलीमा पार्टीका केन्द्रीय सदस्यहरू नारायण महर्जन, राजवीर डंगोललगायत सहभागी हुनुभयो ।
Leave a Reply