भर्खरै :

अग्रजहरूको योगदान महत्वपूर्ण

अग्रजहरूको योगदान महत्वपूर्ण

भक्तपुर, ३० चैत । जेसिस स्कूलको आयोजनामा शुक्रबार शुभकामना तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भक्तपुरको शैक्षिक विकासमा यहाँका अग्रजहरूको योगदान महत्वपूर्ण रहेकोले नयाँ पुस्ताले उहाँहरूको सम्मान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट एक घर एक स्नातकको घोषणापछि भक्तपुरको शैक्षिक क्षेत्रमा क्रान्ति नै भएको मान्नुपर्छ । शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले उल्लेखनीय कार्य गर्दै आएकोले भक्तपुर ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास भइरहेको छ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “अग्रजहरूले गरेको मेहेनत र परिश्रमले नयाँ पुस्तालाई सहजरूपमा शिक्षा र स्वास्थ्य उपचारलगायत सुविधा प्राप्त भएकोले उहाँहरूको शिर उच्च राख्न हरेक विद्यार्थी एक एक वटा विषयको विशेषज्ञ बनेर देशको इमानदारीपूर्वक सेवा गर्नुपर्छ ।”
सार्वजनिक शैक्षिक गुठी सङ्घका अध्यक्ष जे.एस. पौडेलले निजी विद्यालयहरूमा मन्त्री र सत्तामा गएका पार्टीका नेताहरूको लगानी भएकै कारण शिक्षा विधेयक पारित गर्न आनाकानी गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक शैक्षिक गुठी गैरनाफामूलक भएको हुँदा निजी सबै विद्यालयहरूलाई सार्वजनिक शैक्षिक गुठीमा लानु जरूरी छ ।”
विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा अतिथि नगर प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *