ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन
- बैशाख ११, २०८२
काठमाडौँ, ३० चैत । अन्तरिक्षमा मानव उडानको ६४ औँ अन्तर्राष्ट्रिय वार्षिक दिवसको पूर्वसन्ध्यामा सोभियत रुसी अल्मुन्याइहरूको संस्था मित्रकुञ्जको थिङ्क ट्याङ्क कमिटीद्वारा ‘अन्तरिक्षमा मानव अन्वेषण’ सम्बन्धी संवाद कार्यक्रम आयोजन भयो । रुसी सदन काठमाडौँमा भएको उक्त कार्यक्रमको सञ्चालन मित्रकुञ्जका उपाध्यक्ष एवं थिङ्क ट्याङ्कको सदस्यसचिव रामविन्दु श्रेष्ठले गर्नुभएको थियो ।
उहाँले हजारौँ विज्ञहरूको पुञ्ज मित्रकुञ्ज आफैमा राष्ट्रको एउटा थिङ्क ट्याङ्क भएको भन्दै कार्यक्रमको महत्व र प्रस्तुतकर्ताहरूको परिचय दिनुभयो । युरोप त्यतिकै युरोप बनेको हैन, कृषि युगमा रहेको सोभियत सङ्घले त्यतिकै अन्तरिक्षमा प्रथम पाइला टेकेको हैन भन्दै उहाँले यो सबै विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानको परिणाम हो भन्नुभयो । हामी कहाँ खोज र अन्वेषणको संस्कृतिको खडेरी छ, त्यसैले हाम्रो समाज पिछडा भएको हो कि उहाँको कथन थियो ।
रुसी भवनकी निमित्त निर्देशक साकानुश भन्यानले कार्यक्रम प्रस्तोताहरूलाई खादा लगाएर सम्मान गर्दै सबै सहभागीहरूलाई कार्यक्रममा स्वागत छ भन्नुभयो । उहाँले आफू कजाखस्तानस्थित सोभियत रुसको अन्तरिक्ष प्रक्षेपण केन्द्र बैकानुरमा जन्मेको र आफ्नो बुबाले त्यहीँ काम गरेको भन्दै गौरव प्रकट गर्नुभयो ।
कार्यक्रमका प्रमुख प्रस्तोता बेलोरुसबाट इन्जिनियरिङमा स्नातकोत्तर हासिल गर्नुभएका वरिष्ठ इन्जिनियर एवं बहुआयामिक विज्ञ राजेन्द्रराज शर्मा काफ्लेले मानव सभ्यताको प्रारम्भदेखि नै अन्तरिक्ष, आकाश, तारामण्डल, ब्रह्माण्ड, ग्रहादीका रहस्य र जानकारीसम्बन्धी मानिसहरूमा व्याप्त जिज्ञासा, कौतूहलता र खोज अनुसन्धानबारे प्रकाश पार्नुभयो । उहाँले मानवको उड्ने परिकल्पना साकार पार्न सन् १९०३ मा विश्व अन्तरिक्ष उडानका पिता रुसका त्सिओल्कोभ्स्कीले प्रथमपटक रकेटको अवधारणा ल्याएको उल्लेख गर्दै समग्र विश्व अन्तरिक्ष यात्राको इतिहास रोचक ढङ्गले प्रस्तुत गर्नुभयो । रुसमा अन्तरिक्ष सफलतापछि सन् १९५७ मा त्यहाँको पाठ्यक्रममा नयाँ गणित विषय सुरु गरिएको, प्रथम महिला अन्तरिक्षयात्री भ्यालेन्टिना तेरेस्कोभाको नेपाल भ्रमण प्रसङ्ग पनि उहाँले सुनाउनुभयो । उहाँले नेपालको आकाश अन्तरिक्ष टेलिस्कोप राख्न अत्यन्त उपयुक्त रहेको, त्यसबाट मुलुकको पहिचान र पर्यटन समृद्धिको सम्भावना रहेको तर सरकारहरूले त्यसको पर्याप्त लविङ गर्न नसक्दा हाल त्यो पेरुले आफ्नो पहाडमा राखेको गर्नुभयो ।
कार्यक्रमको मुख्य प्रस्तुतिलाई वरिष्ठ एरोनोटिकल इन्जिनियर भोलाकुमार मास्केले सारगर्भित टिप्पणी गर्नुभएको थियो । उहाँले नेपालको अन्तरिक्ष कार्यक्रमलाई प्रवद्र्धन गर्न अन्य राष्ट्रसँग द्विपक्षीय सम्झौता भएको र नेपाली युवा विद्यार्थीहरूले पनि अन्तरिक्ष अनुसन्धानसम्बन्धी चासो लिइरहेको बताउनुभयो ।
संवादको बिचमा प्रा. डा. रमेशकुमार मास्केले आफूले रचेको अन्तरिक्ष अभियान ‘सपना हेर्दै जानुपर्छ, कहिल्यै हरेश खान हुँदैन, बाटो आफै खुल्छ’ कवितालाई गीतको रूपमा गाएर सुनाउनुभयो ।
थिङ्क ट्याङ्क कमिटीका संयोजक काठमाडौँ विश्वविद्यालयका प्रोफेसर डा. गजेन्द्र शर्माले दुवै विद्वत वर्गको भनाइलाई संश्लेषण गर्दै निचोडात्मक प्रस्तुतिसँगै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा मित्रकुञ्ज अध्यक्ष सुष्मा खत्री रन्जितले दुवै प्रस्तोतालाई मायाको चिनो प्रदान गर्नुभयो ।
१२ अप्रिल, १९६१ का दिन मानव इतिहासमै पहिलोपटक सोभियत सङ्घले अन्तरिक्ष यात्राको इतिहास रचेको थियो । यो उडान गर्ने प्रथम यात्री रुसका युरी गागरिन हुनुहुन्थ्यो । विज्ञान र प्रविधि क्षेत्रको यो उपलब्धिले मानव जगत्लाई तारा र ग्रहहरूतर्फ आगामी यात्राको लागि बाटो खोलिदियो ।
Leave a Reply