नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, १८ अप्रिल (सीआरआई) अप्रिल १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोमपेन्हस्थित राजदरबारमा कम्बोडियाका राजा नरोदोम सिहामोनीसँग भेट–वार्ता गर्नुभयो ।
त्यस क्रममा राष्ट्राध्यक्ष सीले राजा सिहामोनीको नेतृत्वमा कम्बोडियाली जनताले आफ्नो देशलाई अझ सुमधुर र समृद्ध बनाउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार, अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तित भए तापनि चीन र कम्बोडिया दुवै देशले यथावत् रूपमा एकले अर्कालाई दृढताका साथ समर्थन र सहयोग गर्दै जानेछ । चीन–कम्बोडिया भाग्य एकरूपताको निर्माणबाट कम्बोडियाली जनता वास्तविक रूपमा लाभान्वित भएका छन् । भविष्यमा छिमेकी भाग्य एकरूपता अझ विशेषगरी विश्व भाग्य एकरूपताको निर्माणका लागि दुवै देशले हातमा हात मिलाउँदै अझ बढी योगदान गर्नसक्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ ।
राजा सिहामोनीले कम्बोडियाली राजदरबार, सरकार, सिनेट र पूरै जनताको तर्फबाट राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गर्नुभयो छ । राष्ट्राध्यक्ष सीको यस भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनसक्ने विश्व प्रकट गर्नुभयो छ । आगामी दिनहरूमा चीनसित मिलेर क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि अझ प्रयास गर्दै जाने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।
सी चिनफिङ तथा कम्बोडियाली प्रधानमन्त्री हुन मानेटबीच भेट–वार्ता
पेइचिङ, १८ अपिल (सीआरआई) अप्रिल १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोपेन्हमा कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँग भेट–वार्ता गर्नुभयो छ ।
सी चिनफिङ तथा कम्बोडियाली पिपुल्स पार्टीका अध्यक्षबीच भेट–वार्ता
अप्रिल १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोपेन्हमा कम्बोडियाली पिपुल्स पार्टीका अध्यक्ष एवम् सिनेटका अध्यक्ष हुन सेनसँग भेट–वार्ता गर्नुभयो छ ।
भेटवार्ताका क्रममा राष्ट्राध्यक्ष सीले चीन र कम्बोडिया दुवै देश छिमेकी मुलुकका साथ भरपर्दो मित्र पनि हुन् भन्नुभयो । उहाँका अनुसार, चीन कम्बोडिया भाग्य एकरूपताको स्थापना र निर्माण गर्नु नै दुवै देशका जनताको छनोट रहेको मात्र नभई ऐतिहासिक छनोट पनि हो । दुवै देश सँगै मिलेर विश्व परिवर्तनको अवधिमा शान्तिपूर्ण शक्ति, स्थिर शक्ति र प्रगतिको शक्ति बन्नुपर्छ । पार्टीको निर्माणलाई मजबुत पार्ने, सुधार र खुलापन प्रक्रियालाई अघि बढाउने महत्वपूर्ण विषयहरूबारे कम्बोडियासँग आदानप्रदान गर्दै जान चीन इच्छुक रहेको कुरा पनि उहाँले औँल्याउनुभएको छ ।
हुन सेनले कम्बोडियाका लागि राष्ट्राध्यक्ष सीको यस भ्रमणको निकै महत्वपूर्ण अर्थ रहेको भन्दै चीनले आर्थिक र प्राविधिक क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त गरेकोमा कम्बोडियाले हार्दिक बधाई व्यक्त गरेको बताउनुभयो । एक मात्र चीन भन्ने सिद्धान्तमा कम्बोडिया डटिरहनुका साथै चीनको थाइवान समस्या, सिचाङ र सिन्च्याङसम्बन्धी समस्याका सम्बन्धमा कम्बोडियाले दृढताका साथ चीनलाई समर्थन गर्दै जाने अठोट पनि उहाँले प्रकट गर्नुभएको छ ।
Leave a Reply