भर्खरै :

स्वतन्त्रता

स्वतन्त्रता

स्वतन्त्रताको लागि
बा आमाको बलि चढाएको नाबालक ।

स्वतन्त्र थियो
स्वतन्त्र पनि यति थियो कि
स्वतन्त्र सहरको
स्वतन्त्र सडकमा
स्वतन्त्र सुत्थ्यो
स्वतन्त्र जाग्थ्यो
स्वतन्त्र माग्थ्यो
पाँच रूपैयाँ ।

सरकार
हजुरलाई थाहा छ  ।
हजुरले दिएको स्वतन्त्रतामा
स्वतन्त्र बाँचेको नाबालक

स्वतन्त्रताको लागि
बा आमाको बलि चढाएको
त्यो नाबालक ।

स्वतन्त्र त थियो
झाडापखालाले मृत्युदण्ड दियो ।
सरकार
हजुरलाई थाहा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *