यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, ६ वैशाख । नेपाल मजदुर किसान पार्टीको कैलाली आयोजनामा किम इल सङको ११३ औँ जन्म दिवसको अवसरमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शनिबार लम्किचुहा २ मा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पार्टीको आठौँ महाधिवेशनबाट पारित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे जानकारी गराउनुभयो ।
अहिलेको पुँजीवादी व्यवस्थाले कामदार जनताको हित नहुने स्पष्ट पार्दै उहाँले समाजवादी व्यवस्थामा जनताको सबै आवश्यकता पूरा गर्ने दायित्व राज्यले लिने भएकोले कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र सुनिश्चित हुने बताउनुभयो ।
कोरिया युद्ध १९५०–१९५३ बारे जानकारी दिँदै उहाँले प्रजग कोरियाका महान नेता किम इल सङको नेतृत्वमा भएको कोरियाली युद्धले कोरियालाई उपनिवेशबाट मुक्त गरेको बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य रमेशकुमार रावलले पार्टी कार्यक्रममा सहभागी हुनु पार्टी कार्यकर्ताहरूको अनुशासन भएको चर्चा गर्दै कार्यकर्ताहरूले पार्टी निर्देशनअनुसार चल्नुपर्ने बताउनुभयो ।
प्रजग कोरियाले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिई स्वाधीनतापूर्वक देशलाई अगाडि बढाइरहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलाली जिल्ला अध्यक्ष जीवनबहादुर शाहीले किम इल सङको जीवनीबारे बताउनुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घ केन्द्रीय सदस्य प्रतिभा रावल, एच.बी., ती. सिजापती, भी. कुवर, एम. बोहरा र टी. दर्लामीले पनि बोल्नुभएको थियो ।
Leave a Reply