नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
७ डिसेम्बर, १९४१ । यो मिति धेरै अमेरिकीलाई कण्ठै छ । ‘यो मिति बदनामीमा जीवित रहनेछ,’ तत्कालीन राष्ट्रपति फ्रयाङ्कलिन डिलानो रुजवेल्टले भनेका थिए । कारण, यो जापानले पर्ल हार्बरमाथि आक्रमण गरेको मिति हो । यसरी नै अमेरिकाको राष्ट्रिय स्मृतिमा कुँदिएका ऐतिहासिक घटना दुर्लभ छन् ।
पर्ल हार्बर आक्रमणबारे सयौँ पुस्तक लेखिएका छन् । लाइब्रेरी अफ काङ्ग्रेसमै यसबारे ३५० भन्दा बढी पुस्तक छन् । हलिउडले यसमाथि अनेक फिल्म बनाएको छ । समीक्षकको ताली पाएको बर्ट ल्याङ्कास्टर अभिनीत ‘फ्रम हेयर टु इटर्निटी’ देखि गाली पाएको बेन एफ्लेक अभिनीत ‘पर्ल हार्बर’ सम्म ।
आक्रमणपछि के भयो, यी फिल्मले देखाउँदैनन् । पर्ल हार्बर आक्रमणको ९ घन्टापछि जापानी विमानको एउटा समूह अर्को अमेरिकी भू–भागमाथि देखाप¥यो । त्यो ठाउँ फिलिपिन्स थियो । पर्ल हार्बरमा जस्तै फिलिपिन्सलाई पनि उनीहरूले बम वर्षा गरेर क्षतविक्षत बनाइदिए ।
पर्ल हार्बरमा हवाई हमला मात्र भएको थियो । जापानी बमवर्षक आए, बम खसाए र फिर्ता भए । उनीहरू फेरि आएनन् । तर, फिलिपिन्समा त्यसो भएन । पहिले सानो हवाई हमला भयो, त्यसपछि अझ ठुलो । अनि सेनाले आक्रमण ग¥यो र विजय हात पा¥यो । एक करोड ६० लाख फिलिपिनी अर्थात् ५० तारा १३ धर्का भएको झन्डालाई सलाम ठोक्ने र रुजवेल्टलाई आफ्नो सर्वोच्च कमान्डर मान्ने अमेरिकी नागरिक विदेशी शक्तिको नियन्त्रणमा पुगे ।
जापानले प्रशान्त महासागरका अमेरिकी र बेलायती नियन्त्रणमा रहेका अनेकौँ स्थानमा एकैचोटि आक्रमण गरेको थियो । एकैदिनमा उसले अमेरिकी नियन्त्रणको पर्ल हार्बर, फिलिपिन्स, गुआम, मिडवे टापु र वेक टापु तथा बेलायती उपनिवेश मलाया, सिङ्गापुर र हङकङमा आक्रमण गरेको थियो । थाइल्यान्डमा पनि उसले त्यहीबेला हमला गरेको थियो ।
पहिले यी आक्रमणलाई ‘पर्ल हार्बर’ भनेर चिनिँदैनथ्यो । ‘जापानद्वारा मनिला र हवाईमा बम वर्षा,’ न्यु मेक्सिकोको एक पत्रिकामा समाचार शीर्षक थियो । साउथ क्यारोलिनाको अर्को पत्रिकामा भनिएको थियो, ‘जापानी विमानद्वारा होनोलुलु र गुआम टापुमा बमबारी ।’
रुजवेल्टका विदेश राज्यमन्त्री समर वेल्सले यो घटनालाई ‘हवाई र फिलिपिन्समाथिको आक्रमण’ भनेका थिए । डिसेम्बर ७ को राति रेडियो सम्बोधन गर्दै प्रथम महिला इलेनर रुजवेल्टले भनेकी थिइन्, ‘हवाई र फिलिपिन्सका हाम्रा नागरिकमाथि जापानले बम खसाइरहेको छ ।’
रुजवेल्टले गर्ने सम्बोधनको पहिलो मस्यौदा पनि यसैगरी तयार पारिएको थियो । तर, त्यो मस्यौदामाथि रुजवेल्ट दिनभर घोत्लिरहे । पेन्सिलले वाक्यहरू थप्दै काट्दै गरिरहे । अन्ततः उनले वक्तव्यबाट फिलिपिन्सलाई प्रमुख महत्व दिइएको हिस्सा हटाए ।
रुजवेल्टले फिलिपिन्सलाई किन कम महत्व दिए ? यसको ठीक उत्तर हामीलाई थाहा छैन, तर अनुमान गर्न मुस्किल छैन । जापानले अमेरिकामाथि आक्रमण ग¥यो ः रुजवेल्ट यही कुरा एकदम स्पष्ट भाषामा भन्न चाहन्थे । तर, उनको अगाडि एउटा समस्या थियो । जापानले जुन निसानामा आक्रमण गरेको थियो, तिनलाई ‘संयुक्त राज्य अमेरिका’ मानिन्थ्यो त ? अमेरिकी कब्जाकारी सिद्धान्तअनुसार वैधानिकरूपमा त यी सबै क्षेत्र अमेरिकाकै थिए । तर, जनताले त्यसरी बुझ्थे त ? जापानले फिलिपिन्स र गुआममा गरेको आक्रमणलाई रुजवेल्टका दर्शकले बेवास्ता गरिदिएका भए ?
रुजवेल्ट स्पष्ट थिए, फिलिपिन्स र गुआम अमेरिकी भू–भाग नै भए पनि धेरैका लागि त्यो विदेशी भूमि थियो । तर, हवाईचाहिँ ‘अमेरिकाकै’ थियो । यो उत्तर अमेरिकानिकट र अरूभन्दा गोराहरूको ज्यादा बसोवास भएको ठाउँ थियो । त्यसैले सम्बोधनको बिहान रुजवेल्टले फेरि वक्तव्य सम्पादन गरे । उनले जापानी सेनाले ओहाउ टापु होइन, ‘अमेरिकाको ओहाउ टापुमा’ आक्रमण गरेको, त्यहाँको ‘अमेरिकी नौसनिक तथा सैन्य शक्तिमा क्षति पुगेको’ र ‘थुप्रैथुप्रै अमेरिकीको ज्यान गएको’ बताए ।
रुजवेल्टको मुख्य तर्क यही थियो– अमेरिकी भूमिमा अमेरिकीले ज्यान गुमाए । हवाईलाई उनले ‘अमेरिकाकै’ भनेर पुष्टि गर्न चाहे भने फिलिपिन्सलाई विदेशी भूमि ।
मनिलामा जम्मा भएको भिडले रेडियोमा रुजवेल्टको भाषण सुनिरहेको दृश्य फिलिपिन्सका एक संवाददाताले वर्णन गरेका छन् । राष्ट्रपतिले फिलिपिन्सको नाम मात्रै लिए । संवाददाताका अनुसार रुजवेल्टले युद्ध ‘वासिङ्गटनको नजिक र मनिलाबाट टाढा भइरहेको छाप दिए ।’
फिलिपिन्सबाट हेर्दा युद्धको तस्बिर बेग्लै देखिन्थ्यो । हवाई हमलाको सूचना दिने साइरन निरन्तर बजिरहेको थियो । ‘मनिलावासीका लागि युद्ध यहीँ नै, अहिले नै भइरहेको छ,’ ती संवाददाताले लेखेका थिए, ‘अनि हामीसँग हवाई हमलाबाट बच्न कुनै सेल्टरसमेत छैन ।’
०००
हवाई, फिलिपिन्स र गुआमलाई आफ्नो भन्ने कि अर्काको, अप्ठ्यारो थियो । २० औँ शताब्दी सुरु हुँदै गर्दा प्युर्तो रिको, फिलिपिन्स, गुआम, अमेरिकन समोआ, हवाई, वेकसहितका स्थान अमेरिकी नियन्त्रणमा पुगेका थिए । ती स्थानबारे कुनै द्विविधा थिएन । किनभने रुजवेल्ट र वुड्रो विल्सन दुवैले निःसन्देह तिनलाई उपनिवेश भनेका थिए ।
यो खालको खुल्लमखुला साम्राज्यवाद धेरै टिकेन । एक–दुई दशकभित्रै यस्तो जोश म¥यो र उपनिवेश शब्द प्रयोग गर्नै वर्जित हुन पुग्यो । ‘हाम्रो सरकार र त्यसमा निर्भर मानिसबिचको सम्बन्धलाई जनाउन उपनिवेश शब्द प्रयोग गरिनुहुँदैन,’ १९१४ मा जारी गरिएको एक सरकारी आदेशमा भनिएको थियो । त्यसको सट्टा भू–भाग शब्द प्रयोग गर्न थालियो ।
तर, ती भू–भागबारे विरलै चर्चा हुने गथ्र्यो । धेरैजसो मानिसको दिमागमा रहेको अमेरिकाको नक्सामा फिलिपिन्स थिएन । आज पनि धेरैजसोले अमेरिका भन्नेबित्तिकै त्यस्तै चित्र बनाउँछन् । केहीले अलास्का र हवाईलाई थपेका हुन सक्छन् । राजनीतिशास्त्री बेनेडिक्ट एन्डरसन यसलाई मानचित्र भन्छन् । तर, यो मानचित्र गलत छ । यसको आकार अमेरिकाको वास्तविक सीमासँग मेल खाँदैन । किनभने यसमा हवाई र अलास्का देखिँदैनन् । यी दुवै १९५९ मा राज्य बने र अहिले अमेरिकाको सबै प्रकाशित नक्सामा देखिन्छन् । यो मानचित्रमा प्युर्तो रिको पनि छैन । यो राज्य नभए पनि १८९९ देखि नै अमेरिकाकै हिस्सा रहँदै आएको छ । प्युर्तो रिको पनि भएको अमेरिकाको नक्सा तपाईँले कहिल्यै देख्नुभएको छ ? अमेरिकाले नियन्त्रणमा लिएका अमेरिकन समोआ, गुआम, भर्जिन आइल्यान्ड वा नर्दन मरियाना नि ?
ठुला उपनिवेश र साना टापु नदेखिएकाले मात्रै यो मानचित्रलाई गलत भनिएको होइन । यसले अमेरिकालाई राजनीतिकरूपमा एकात्मक क्षेत्र भन्छ । एउटा यस्तो युनियन, जहाँ सबै राज्य आफूखुसी सामेल भएका छन् र बराबर हैसियतका छन् । तर, यस्तो त हुँदै होइन । स्थापनाकालदेखि अहिलेसम्म अमेरिका नाममा भनिएजस्तो राज्यहरूबिचको एकता अर्थात् संयुक्त राज्य होइन । अर्को महत्वपूर्ण तथ्य, यसका सम्पूर्ण भू–भाग अमेरिकाभित्र समेत पर्दैन ।
पर्ल हार्बर आक्रमणभन्दा एक वर्षअघि १९४० को जनगणनाअनुसार झन्डै एक करोड ९० लाख जनसङ्ख्या अमेरिकी उपनिवेशमा बस्थे । त्यसको ठुलो हिस्सा फिलिपिन्समा थियो । अर्थात् करिब १३ प्रतिशत अमेरिकी नागरिक उपनिवेशमा बस्थे । त्यसबेला अश्वेत अमेरिकीहरूको जनसङ्ख्या मात्र ८.३३ प्रतिशत थियो । अर्को शब्दमा भन्दा, दोस्रो विश्वयुद्धको सङ्घारमा अमेरिकामा हुनुहुन्थ्यो भने तपाईँ अश्वेतभन्दा उपनिवेशित हुने सम्भावना बढी थियो ।
०००
मुख्य भूमिका बासिन्दालाई मानचित्रभन्दा टाढा हेर्न सजिलो छैन । उनीहरूले हेरिरहने राष्ट्रको नक्सामा ती क्षेत्र देखिँदैनन् । एट्लससमेत अस्पष्ट छन् । दोस्रो विश्वयुद्धका बेलामा ¥यान्ड म्याक्नेली प्रकाशनको रेडी रिफरेन्स एट्लस अफ द वल्र्डमा त्यसबेलाका अन्य एट्लसमा झैँ हवाई, अलास्का, प्युर्तो रिको र फिलिपिन्सलाई ‘विदेश’ भनेर उल्लेख गरिएको थियो ।
वेस्टर्न मिसिगन कलेज ट्रेनिङ स्कुलको सात कक्षाका छात्राहरूले यो कुरा बुझेनन् । नक्सामा कहाँकहाँ युद्ध भइरहेको छ, उनीहरू पत्ता लगाउने कोसिस गरिरहेका थिए । हवाई विदेशमा पर्छ भने पर्ल हार्बरमाथिको आक्रमण कसरी अमेरिकामाथिको आक्रमण हुन्छ ? यसबारे बुझ्न उनीहरूले ¥यान्ड म्याक्नेलीलाई पत्र लेखे ।
‘हवाई अमेरिकाभित्रै परे पनि यो हाम्रो देशको अखण्ड हिस्सा होइन,’ प्रकाशकले जवाफ फर्कायो, ‘यो हाम्रा लागि विदेश हो । त्यसैले यसलाई अमेरिकाभित्रै देखाउन सकिन्न ।’
यस्तो उत्तरबाट छात्राहरूको चित्त बुझेन । हवाई अमेरिकाको अभिन्न हिस्सा होइन ? ‘यो भनाइ साँचो होइन भन्ने हामीलाई लाग्छ,’ उनीहरूले लेखे, ‘¥यान्ड म्याक्नेली एट्लस गलत छ जस्तो लाग्यो । यसबाट ती स्थानमा बस्ने मान्छे लज्जित हुन सक्छन् ।’ छात्राहरूले अमेरिकी गृह मन्त्रालयमा चिठी पठाए र छिनोफानो गर्न माग गरे । निश्चय नै सात कक्षाका छात्राहरू सही थिए । किनभने मन्त्रालयका अधिकारीले हवाई अमेरिकाकै हिस्सा भएको स्पष्ट पारिदिए ।
तर, यो विषयमा सरकार पनि एट्लसजत्तिकै भ्रामक थियो । संविधानतः अमेरिकामा सम्बद्ध राज्यहरूको मात्रै जनगणना गर्नुपथ्र्यो । तर, समुद्रपारिका भू–भागको समेत गणना लिइन्थ्यो । जनसङ्ख्यासम्बन्धी अन्य हिसाबकिताबबाट भने बाहिर राखिन्थ्यो । मानिसको औसत आयु, औसत बालबच्चा, जातिजस्ता तथ्याङ्क मुख्त्ूमिको मात्रै राखिन्थ्यो ।
मुख्य भूमिका बासिन्दालाई उनीहरूको देशको नक्सा छानी–छानी अलग–अलग देखाइयो । यसबाट उनीहरू सधैँ द्विविधामा रहे । ‘यो देशका अधिकांश मानिसलाई समुद्रपारिको हाम्रो अधीनमा रहेको भूमिबारे थाहै छैन वा अत्यन्त कम थाहा छ,’ दोस्रो विश्वयुद्धको समयमा एक सरकारी प्रतिवेदनले निष्कर्ष निकालेको थियो, ‘साँच्चै भन्ने हो भने थुप्रै मान्छेलाई समुद्रपारि हाम्रो भूमि छ भन्ने नै थाहा छैन । बेलायतजस्ता ‘विदेशीहरू’ सँग मात्र ‘साम्राज्य’ छ भन्ने उनीहरूको विश्वास छ । हामीसँग पनि ‘साम्राज्य’ छ भन्ने सुन्दा अमेरिकीहरू छक्क पर्ने गर्छन् ।’
०००
अमेरिका साम्राज्य हो भन्ने भनाइमा आजभोलि उति विवाद हुँदैन । किनभने यसलाई पुष्टि गर्ने अनेकौँ तर्क छन् । अमेरिकाका मूलवासीको बासस्थान कब्जा गरेर तिनलाई संरक्षण क्षेत्रमा राख्ने स्थिति ल्याउनु आफैँमा साम्राज्यवादी कदम हो । त्यसमाथि १८४० को दशकमा अमेरिकाले मेक्सिकोको एकतिहाइ भू–भाग कब्जा ग¥यो । त्यसको ५० वर्षपछि अमेरिकाले स्पेनसँगको अर्को लडाइँ लड्यो र उसका थुप्रै क्षेत्र नियन्त्रणमा लियो ।
साम्राज्य भनेको भूमि कब्जा गर्नु मात्रै पनि होइन । अश्वेत अमेरिकीमाथिको अधीनलाई के भन्ने ? प्रसिद्ध विद्वान् डब्लु इ बी दु बोईको भनाइमा अमेरिकाका अश्वेतहरू नागरिकभन्दा उपनिवेशका आश्रितजस्ता देखिन्थे । उनको यो तर्कमा माल्कोम एक्स तथा ब्ल्याक प्यान्थरका नेतासहितका अश्वेत विचारकहरू सहमत छन् ।
त्यस्तै, अमेरिकाले विदेशमा आफ्नो आर्थिक शक्ति कसरी विस्तार ग¥यो ? दोस्रो विश्वयुद्धपछि अमेरिकाले युरोपलाई भौगोलिकरूपमै कब्जा नगर्न सक्थ्यो । तैपनि, फ्रान्सेलीहरूले ‘कोका–कोलोनाइजेसन’ को गुनासो गर्नुपर्ने अवस्था आइप¥यो । अमेरिकासँगको व्यापारमा उनीहरूले फसेको महसुस गरे । आज डलरमै संसारभरको व्यापार चल्छ । एक सत्न्दा बढी देशमा म्याकडोनाल्डको व्यवसाय छ । यस्तोमा फ्रान्सेलीहरूको भनाइ सही लाग्न सक्छ ।
त्यसपछि सैन्य हस्तक्षेपको पालो आउँछ । दोस्रो विश्वयुद्धपछिका वर्षहरूमा एकपछि अर्को देशमा अमेरिकी सेना पुग्यो । ठुला युद्धबारे सबैलाई थाहा छ । कोरिया, भियतनाम, इराक, अफगानिस्तान । तर, साना–साना हस्तक्षेप पनि लगातार भइरहे । १९४५ यता मात्र अमेरिकी सेना द्वन्द्व तथा सम्भावित द्वन्द्वका निहुँमा ६७ देशमा २ सय ११ पटक तैनाथ भइसकेको छ । यसलाई शान्ति कायम गर्ने कार्य भन्ने कि साम्राज्यवाद, तपाईँको इच्छामा भर पर्छ । केचाहिँ स्पष्ट हो भने अमेरिका आफ्नो सुतीथाती मात्र गरेर बस्ने देश होइन ।
साम्राज्यका यी सारा कुरा गरिरहँदा प्रायःजसो एउटा तथ्यचाहिँ छुट्ने गर्छ । त्यो हो, वास्तविक भूमि । माथिका यी विभिन्न कारणले धेरै मानिस सहमत हुन्छन्, संरा अमेरिका साम्राज्य नै हो । तर, अमेरिकाको उपनिवेशबारे आममान्छेलाई के थाहा छ त ? म बाजी थाप्न सक्छु, उनीहरूलाई धेरै कुरा थाहा छैन ।
यस विषयमा कुनै सूचना नभएको होइन । थुप्रै विद्वान्ले दशकौँदेखि यसबारे अध्ययन गरेका छन् । कतिपयले त सम्बन्धित स्थानमै पुगेर अनुसन्धान गरेका छन् । खास समस्या के हो भने उनीहरूको खोजलाई किनारा लगाइएको छ । तिनलाई थान्को लगाइएको छ, ती खोजमाथि बहस गरिँदैन । जबसम्म हाम्रो दिमागमा अमेरिकी मानचित्र कायम रहन्छ, तबसम्म त्यो सूचना समयसापेक्ष लाग्दैन । त्यस्तो खोज अपरिचित देशबारे लेखिएको पुस्तकजस्तो लागिरहनेछन् । खासमा पर्ल हार्बर आक्रमणको बेला अमेरिकीहरूले देखाएको द्विविधा र बेवास्ता अहिले पनि परिवर्तन भएको छैन ।
०००
यही त्रुटि मैले पनि गरेको छु । विद्यावारिधिको विद्यार्थीको हैसियतले मैले अमेरिकी विदेश सम्बन्ध अध्ययन गरेँ । ‘अमेरिकी साम्राज्य’, यसका युद्ध, कु र अरूको मामिलामा हस्तक्षेपका विषयमा मैले असङ्ख्य पुस्तक पढेँ । तर, अमेरिकी भू–भागबारे सबैभन्दा आधारभूत तथ्यसमेत मलाई थाहा हुनुपर्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् । यी तथ्य कहिल्यै पनि महत्वपूर्ण लागेनन् ।
एउटा अनुसन्धानका लागि मनिला पुगेपछि मात्रै यो कुरा मेरो दिमागमा पस्यो । साम्राज्यका अभिलेखसँग मैले साक्षात्कार गर्न पुगेँ । त्यहाँ मैले अमेरिकी सेनाको जिपको नमुनामा निर्मित जिप्नी बसमा यात्रा गरेँ । मनिला महानगरको त्यो क्षेत्रमा म बसेँ, जहाँका सडकको नाम अमेरिकी कलेज (यल, कोलम्बिया, स्ट्यानफोर्ड, नोत्र डेम), राज्य र सहर (सिकागो, डेट्रोइट, न्युयोर्क, ब्रुकलिन, डेन्भर) र राष्ट्रपति (जेफरसन, रुजवेल्ट, आइजनहावर) का नाममा राखिएका थिए । मेरो गन्तव्य सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय एटेनो डे मनिला युनिभर्सिटी थियो । त्यहाँका विद्यार्थीले बोलेको अङ्ग्रेजी पेन्सलभानियामा हुर्केको मेरो कानका लागि एकदमै परिचित थियो । मुख्य भूमिमा बसेर साम्राज्यको मेसो पाउन मुस्किल होला, तर उपनिवेश बनेका स्थानमै पुगेर यसलाई नसम्झिन असम्भव छ ।
फिलिपिन्स अहिले अमेरिकी भू–भाग होइन । दोस्रो विश्वयुद्धपछि नै यो स्वतन्त्र भयो । अन्य भू–भागले स्वतन्त्रता नपाए पनि नयाँ हैसियत पाए । प्युर्तो रिको ‘कमनवेल्थ’ सदस्य बन्यो । हवाई र अलास्काले केही समयपछि राज्यको हैसियत पाए । तिनलाई दशकौँसम्म संयुक्त राज्यबाट अलग राख्ने नस्लवादी प्रयास असफल भयो ।
आज पनि विदेशी भूमिलाई नियन्त्रणमा राख्ने कामलाई अमेरिकाले निरन्तरता दिइरहेको छ । गुआम, अमेरिकन सामोआ, नर्दन मरियाना आइल्यान्ड्स, पुर्तो रिको, भर्जिन आइल्यान्ड्स र अन्य सानातिना टापुबाहेकै अमेरिकाले विश्वभर करिब ८ सय स्थानमा सैन्य शिविर राखेको छ ।
ठुला उपनिवेश होस् वा साना टापु अथवा सैन्यशिविर होस्, मुख्य भूमिका बासिन्दाले चासो देखाएका छैनन् । अमेरिकी साम्राज्यलाई अन्य साम्राज्त्न्दा बिल्कुल फरक बनाउने एउटा कारण के हो भने यसलाई निरन्तर नजरअन्दाज गरिएको छ । यो विशेषता एकदमै अनौठो छ । बेलायती साम्राज्य अस्तित्वमा थियो कि थिएन, यसबारे बेलायतीहरूलाई कुनै द्विविधा थिएन । उनीहरू साम्राज्य दिवस नै मनाउँथे । अल्जेरिया आफ्नो हिस्सा थियो भन्ने कुरा फ्रान्सले कहिल्यै बिर्सेन । अमेरिकामात्रै त्यस्तो देश हो, जो आफ्नै सिमानाबारे चिरकालीन भ्रान्तिबाट ग्रस्त छ ।
यसको कारण भेट्टाउन मुस्किल छैन । अमेरिका आफूलाई साम्राज्य होइन, गणराज्य ठान्छ । यो देश साम्राज्यवादविरोधी क्रान्तिबाट जन्मेको थियो । त्यसयता यसले हिटलरको हजारवर्षे राइख, जापानी साम्राज्य र सोभियत सङ्घको ‘दुष्ट साम्राज्य’ सँग लडाइँ गरिसकेको छ । सपनामा समेत अमेरिकाले साम्राज्यविरुद्ध लडेको छ । आकाशगंगीय साम्राज्यविरुद्ध विद्रोहपछि सुरु भएको गाथा अर्थात्, स्टार वार्स सबैभन्दा बढी कमाउने फ्रेन्चाइज फिल्ममध्ये एक हो ।
गणराज्यका रूपमा अमेरिकाको यो स्वपहिचानले सन्तोष दिन्छ । तर, यसको मूल्य निकै महँगो छ । यो महँगो मूल्यको धेरैजसो हिस्सा अमेरिकाका उपनिवेश र सैन्य शिविरवरिपरि बस्नेले तिर्नुपर्छ । अमेरिकाको मानचित्रले ती स्थानलाई छायामा सीमित पारिदिएको छ, जहाँ बसोबास गर्नु अत्यन्त खतरनाक छ । अमेरिकी साम्राज्यभित्रका बासिन्दामाथि अनेकौँपटक अत्याचार भएको छ । उनीहरूलाई गोली ठोकिएको छ, अनिकाल खेप्न बाध्य बनाइएको छ, यातना दिइएको छ, परीक्षण गरिएको छ । एउटै कुरा भएको छैन, उनीहरू कसैका आँखामा परेका छैनन् ।
मानचित्रले मुख्य भूमिका बासिन्दालाई पनि घाटा लगाइरहेको छ । उनीहरूलाई आफ्नै इतिहासको विकृत दृष्टिकोण दिइरहेको छ । समुद्रपारिका भू–भाग अमेरिकाका लागि महत्वपूर्ण छ । तिनले युद्ध सुरु गरेका छन्, आविष्कार गराएका छन्, राष्ट्रपतिहरूलाई हुर्काएका छन् र ‘अमेरिकी’ हुनुको अर्थ के हो, त्यसलाई परिभाषित गर्न सघाएका छन् । त्यसैले तिनलाई मानचित्रमा समेटेर मात्रै अमेरिकाको वास्तविक तस्बिर देख्न सकिन्छ ।
(इम्मरवारको ‘हाउ टु हाइड एन एम्पायर : अ सर्ट हिस्ट्री अफ द ग्रेटर युनाइटेड स्टेट्स’ पुस्तकको अंश ।)
– द गार्जियनबाट
Leave a Reply