सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
भक्तपुर, ९ वैशाख । “जीवनमा गरेका राम्रा कामले नै मान्छेलाई अमर बनाउँछ । अवकाशपछि आप्mना जीवनमा देखे भोगेका विषयहरूबारे लिपिबद्ध गर्न सकिए त्यसले नयाँ पुस्तालाई ऊर्जा प्रदान गर्छ, विगत र वर्तमान शिक्षाबारे जानकारी दिन्छ ।”
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बासु माविमा मङ्गलबार आयोजित अनिवार्य अवकाश प्राप्त शिक्षक बिदाइ कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
प्रमुख प्रजापतिले बासु माविबाट अनिवार्य अवकाशप्राप्त शिक्षक राजेन्द्रप्रसाद प्रधानको बिदाइको लागि आयोजित कार्यक्रममा नयाँ विद्यार्थी भर्ना, कक्षा सञ्चालन, एसईईको परीक्षा कापी परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित हुने गरी अनिश्चितकालीन विद्यालय हडतालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बनाउने बताउनुभयो ।
उहाँले १० वर्षे सशस्त्र सङ्घर्षको बेला पनि भक्तपुरका विद्यालयहरू बन्द नभएको स्मरण गर्दै अहिले भक्तपुरको शिक्षा उत्कृष्ट हुनु त्यसैको परिणाम हो भन्नुभयो । उहाँले भन्नुभयो, विद्यालय बन्दले निजी विद्यालयहरूलाई फाइदा गर्छ । यसबाट सचेत हुनुपर्छ ।”
आप्mनो पेसागत हितको निम्ति आन्दोलन गर्नु नराम्रो होइन तर त्यसले लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने छुट कसैलाई छैन – उहाँले भन्नुभयो ।
भक्तपुरको सामुदायिक शिक्षा राम्रो हुनुमा यहाँका शिक्षक, व्यवस्थापन समिति र स्थानीय जनताको राम्रो योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “२०३६ सालसम्म भक्तपुरको शिक्षा निकै पछाडि थियो । अहिले राम्रो हुुँदै छ । अझ राम्रो बनाउन सबैले प्रयास गर्नु आवश्यक छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षक राजेन्द्रप्रसाद प्रधान मिलनसार व्यक्तित्व भएको चर्चा गर्दै अवकाशपछि पनि उहाँले शिक्षण क्षेत्रमा निरन्तरता दिने आशा व्यक्त गर्नुभयो ।
शिक्षक प्रेमकुमार थापामगरले अवकाश प्राप्त शिक्षक प्रधान एक असल शिक्षक भएको आप्mनो अनुभव सुनाउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार ह्यौँमिखाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व प्रधानाध्यापक रवि प्रधानले गर्नुभएको थियो भने कार्यक्रममा शिक्षक रामकुमार निरौलाले पनि बोल्नुभएको थियो ।
अवकास प्राप्त शिक्षक प्रधानलाई प्रमुख प्रजापतिले दोसल्ला लगाई सम्मान गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply