भर्खरै :

लेनिनको जन्म दिवसको अवसरमा प्रशिक्षण

लेनिनको जन्म दिवसको अवसरमा प्रशिक्षण

कैलाली, ९ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलाली आयोजनामा विश्व सर्वहारा वर्गका नेता एवं सोभियत सङ्घका राष्ट्रपति लेनिनको १५५ औँ जन्म दिवसको अवसरमा मङ्गलबार प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कामदारवर्गका गुरू लेनिनले विश्वमा पहिलो पटक माक्र्सवादलाई सफलरूपमा सोभियत सङ्घमा लागू गरेको बताउनुभयो ।
सोभियत सङ्घमा समाजवादी व्यवस्था लागु भएपछि पुँजीवादले दुई–तीन सय वर्ष लगाएर गरेको काम ३०–४० वर्षमा गरेको चर्चा गर्दै उहाँले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त भएको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले समाजवादी व्यवस्थामा राज्यले सबै जनताको लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्ने स्पष्ट पार्दै उत्पादनका मुख्य मुख्य साधन र स्रोतहरू राष्ट्रियकरण हुने व्यवस्था समाजवाद हो भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य ज. तारामीले व्यापक जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्न सके मात्र समाजमा आमूल परिवर्तन सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा जी. शाही, गगनबहादुर थापामगर, भक्तिप्रसाद न्यौपाने, प्रतिभा रावलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *