विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

हालै संरा अमेरिकाले चीन–ल्याटिन अमेरिका सहयोगविरूद्धको आफ्नो बनावटी कथालाई अगाडि सा¥यो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार भने, “चीनको सैन्य शक्ति पश्चिमा गोलाद्र्धमा फैलिनका लागि पर्याप्त ठुलो छ । त्यसको एक दिन अघिमात्र पनि विनाप्रसङ्ग नै उनले दावी गरेका थिए– “चीन पनामा नहरका लागि एक धम्की हो ।”
लामो अवधिदेखि संरा अमेरिकाले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रलाई आफ्नो करेसाबारी ठान्दै आएको छ । ल्याटिन अमेरिकाका अन्य देशहरूको सामान्य गतिविधिलाई पनि बदनाम गर्न केही क्षेत्रीय देशहरूलाई आफ्नो पक्षमा पार्न बल लगाइरहेको छ, संरा अमेरिकाले मुनरो सिद्धान्तलाई लागु गर्ने दिवास्वप्नबाट निक्लन कुनै कोसिस गरेको छैन ।
चीनको सैन्य उपस्थितिको बढाइचढाइ गर्नमा होस् वा बेइमानीपूर्वक चीनलाई पनामा नहर मामिलासित जोड्नमा होस्, संरा अमेरिकाले ‘जो चोर उसैको ठुलो स्वर’ भन्ने पुरानो चाल प्रयोग गर्न छोडेको छैन । यो उसको चीनलाई त्यस क्षेत्रबाट निकाल्ने व्यर्थको कोसिसमात्र हो । यस मामिलामा चीनको राजनीतिशास्त्र र कानुन विश्वविद्यालयको ल्याटिन अमेरिकी र क्यारिवियाली क्षेत्र कानुन केन्द्रका निर्देशक पान तेङले ग्लोबल टाइम्ससित भन्नुभयो कि चीनको सैन्य उपस्थितिको धेरै ठुलो होहल्ला र झूटसिवाय केही होइन । ल्याटिन अमेरिका र क्यारिवियाली क्षेत्रमा ७६ वटा सैन्य आधारसहित स्थायी सैन्य उपस्थिति जनाइरहेको देश संरा अमेरिका नै हो । पानले भन्नुभयो, “चीनले विदेशी भूमिमा न कहिल्यै सैन्य आधार शिविर राखेको छ, न कुनै विदेशी क्षेत्रमा आफ्नो सेना परिचालन गरेको छ ।” ल्याटिन अमेरिकामा चीनले सैन्य प्रगति हासिल गरिरहेको अमेरिकी दावी पूर्णतया आधारहीन रहेको उहाँले स्पष्ट पार्नुभयो ।
आफ्नो पनामा भ्रमणका क्रममा हेगसेथले खुला तवरले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण पनामा नहरको ‘सुरक्षा’ गर्न अमेरिकी सेना पनामामा फर्कने विचार जाहेर गरे । “हेगसेथको उक्त अभिव्यक्तिमा जटिल स्थितिको सामना गरिरहेका ल्याटिन अमेरिकी देशहरूमाथि सैन्य र राजनीतिक दबाब बढाउने अमेरिकाको नियत प्रस्ट रूपमा झल्कन्छ”, चिनियाँ समाजशास्त्र प्रतिष्ठानको ल्याटिन अमेरिका अध्ययन केन्द्रका उपअनुसन्धानदाता लिन हुआले भन्नुभयो । मुनरो सिद्धान्त अगाडि सारिएको दुई शताब्दीभन्दा पछि पनि ल्याटिन अमेरिकी देशहरू संरा अमेरिकाको बढ्दो प्रभुत्ववाद र एकहटीवादबाट मुक्त हुन नसकेको उहाँले उल्लेख गनुर््भयो ।
मुनरो सिद्धान्तको अर्को अर्थ संरा अमेरिकाले त्यस क्षेत्रभर कायम राखेको प्रभुत्व हो । संरा अमेरिकाले आफ्ना छिमेकीहरूलाई अपमानित गर्ने कार्य आजको दिनसम्म निरन्तर भइरहेको छ र बढिरहेको छ । संरा अमेरिकाले पनामा नहरमाथि आफ्नो नियन्त्रण कायम गर्न माग गरेको छ र कोलम्बियामाथि अमेरिकाबाट निष्काशित आप्रवासीहरू स्वीकार गर्न दबाब बढाएको छ । यो स्पष्टै छ कुन देशले छिमेकी देशहरूलाई दबाएर ‘कठपुतली राज्य’ बनाएको छ । कुनै आाश्चर्य होइन कि मेक्सिकालीहरू भन्छन्, ‘“बिचरा मेक्सिको ईश्वरबाट त्यति टाढा तर संरा अमेरिकासित त्यति नजिक ।”
त्यसको विपरीत जीत–जीत सहयोग चीन–ल्याटिन अमेरिका सम्बनधको मुख्य आधार रहेको छ । हालैका वर्षहरूमा चीन र ल्याटिन अमेरिकाबिचको आर्थिक र व्यापारिक सहयोग गहन हुँदै गएको छ र ठोस परिणाम हासिल गरिएका छन् । पेरूको चान्केइ बन्दरगाहदेखि ब्राजिलको माउरिटी सौर्य विद्युत् परियोजनासम्म र ल्याटिन अमेरिकाको कृषि उपजहरूदेखि चीन निर्मित घरेलु उपयोगका साधन र इलेक्ट्रिक गाडीहरूसम्म समृद्ध जीत–जीत सहयोगको मार्ग फराकिलो हुँदै गएको छ । साझेदारीयुक्त परियोजनाहरूलाई स्थानीय समुदायले निकै नै स्वागत गरेका छन् र तिनलाई विकासको सिंढीको रूपमा लिएका छन् ।
गएको बिहीबार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ल्याटिन अमेरिकी र क्यारिवियाली राज्यहरूको समुदाय–सेलाकको ९ औँ शिखर सम्मेलनमा एक बधाई सन्देश पठाउनुभएको थियो । आफ्नो सन्देशमा उहाँले चीन–ल्याटिन अमेरिकाले राजनीतिक विश्वासलाई गहन पार्दै लगेका, व्यावहारिक सहयोगलाई फराकिलो पारेका र जनता–जनताबिचको आदानप्रदान बढाउँदै लगेको उल्लेख गर्नुभयो । चीन–ल्याटिन अमेरिका सम्बन्धले दक्षिण–दक्षिण सहयोगको उदाहरण स्थापित गर्दै दुवै क्षेत्रका देशहरूलाई फाइदा पु¥याइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
विकासलाई इमानदारीपूर्वक टेवा पु¥याउने सहयोग सम्झौताहरूलाई चीनले स्वागत गर्दछ । यदि संरा अमेरिकाले ल्याटिन अमेरिकी मामिलालाई मुनरो सिद्धान्तको चश्माले हेर्न जारी राखेमा चीनको असल सहयोगलाई पनि खराब नै देख्नेछ र ल्याटिन अमेरिकी देशका स्वाधीन छनोटहरूमाथि हस्तक्षेप गर्दै तिनीहरूलाई नियन्त्रण गर्न खोज्नेछन् । म्याद नाघेको औपनिवेशिक सपनामै झुन्डिरहेमा संरा अमेरिकाले जीत–जीत सहयोगमा अवरोध सिर्जना गर्न खोज्नेछ र त्यसले उक्त क्षेत्रमा उसको प्रभाव फिका पार्नमा थप भूमिका खेल्नेछ ।
(The US intensifies ’21st-century Monroe Doctrine’ in Latin America)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply