भर्खरै :

ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन

भक्तपुर, १० वैशाख । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा नेपाल मजदुर किसान पार्टीको सम्पर्क कार्यालय उद्घाटन भएको छ । ताथलीको गचा (सौडोल) मा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
सो कार्यालयको उद्घाटन नेमकिपा ताथलीका कृष्णराम बासुकलाले गर्नुभएको हो ।
ताथलीमा पार्टी स्थापनाको पृष्ठभूमिबारे स्मरण गर्दै उहाँले पार्टी निर्देशनलाई सबै पार्टी कार्यकर्ताले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले अँगालेको विचार र सिद्धान्तलाई व्यापक जनतामाझ पु¥याउनका लागि पार्टी कार्यकर्ताले निःस्वार्थपूर्वक काम गरी पार्टीको विचार फैलाउन योगदान दिन अनुरोध गर्नुभयो ।
हेलबहादुर छुकांले पार्टीले गरेका विभिन्न सङ्घर्षको स्मरण गर्दै पार्टीको मार्गदर्शनअनुसार काम गर्नेहरू इमानदार र समाजका उदाहरणीय व्यक्तित्व हुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नपा ९ ताथलीका अध्यक्ष राजाराम छुकांले पार्टी कार्यकर्ताको आचरण र व्यवहार समाजमैत्री हुनुपर्ने उल्लेख गर्दै पार्टी प्रकाशन अध्ययनलाई जीवनशैली बनाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा हरिसुन्दर छुकांले पार्टी सम्पर्क कार्यालय स्थापनाको उद्देश्यबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *