भर्खरै :

भौल्वा पुखु संरक्षण समिति पुनः गठन

भौल्वा पुखु संरक्षण समिति पुनः गठन

भक्तपुर, १३ वैशाख । भक्तपुर नगरपालिका वडा नं ६ स्थित भौल्वा पुखु संरक्षण समिति पुनः गठन कार्यक्रम शनिबार भयो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष हरिराम सुवालले जनसहभागितामा हुने योजना बजेट दिगो हुने स्पष्ट गर्दै भौल्वा पुखु संरक्षण समितिमार्फत माछापालन, हरियाली, सरसफाइ तथा आवश्यक रेखदेख भइरहेको बताउनुभयो ।
वडा सदस्य गोविन्द दुवालले पुर्खाहरूले सिर्जेको पोखरी, पाटीपौवा, ढुङ्गेधारा, सत्तल, द्योछेँ, विश्व सम्पदामा सूचिकृत पाँचतले मन्दिरलगायत मठ मन्दिरहरूको संरक्षण र संवद्र्धन गर्ने कार्यलाई निरन्तरता दिइरहनुपर्ने बताउनुभयो ।
समाजसेवी गोपीकृष्ण चाँगुभारीले विगतदेखि भक्तपुर नगरपालिकाले सफाइ क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको स्मरण गर्दै स्थानीयवासीहरूको योगदानबाटै सुसंस्कृत समाज निर्माण हुने उल्लेख गर्नुभयो ।
भौल्वा पुखु संरक्षण समितिका अध्यक्ष सिद्धिराम अवालले भौल्वा पुखु संरक्षण समितिको प्रतिवेदनको साथै आर्थिक कोषको विवरण खुलाउँदै टोलवासीहरूको साथ र सहयोग रहेमा कुनै पनि सामाजिक कार्य सफलता हुने चर्चा गर्नुभयो ।
शिक्षक जगन्नाथ सुजखुले भौल्वा पुखु संरक्षण समितिले कल्याणकारी कार्य गरी सामाजिक अपनत्व हुने गरी अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त भेलाले गोविन्द दुवालको अध्यक्षतामा ९ सदस्यीय भौल्वा पुखु संरक्षण समिति पुनः गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *