फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, ११ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संसद् पुनःस्थापनाले गणतन्त्रको बाटो खुला गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगितामा सहयोगी सबैलाई धन्यवाद दिँदै प्रमुख प्रजापतिले २०५८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको संसद् विघटनको नै नेमकिपाले संसद् पुनःस्थापनाको मार्ग अगाडि बढाएको हो भन्नुभयो ।
उहाँले २०६३ वैशाख ११ गते संसद् पुनःस्थापना भएको दिनको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, “नेमकिपाले संसद् पुनःस्थापनाको कुरा उठाउँदा त्यतिबेला धेरै पार्टीहरू त्यो मागमा तयार थिएनन् । सात दलले निर्णय गर्दा पनि एमाले र जनमोर्चा नेपाल अन्तिम क्षणमा मात्रै संसद् पुनःस्थापनाको पक्षमा देखिए । नेमकिपाको दीर्घकालीन सोचको परिणाम देशमा संसद् पुनःस्थापना भयो र त्यसैले गणतन्त्रको बाटो तय ग¥यो ।”
उहाँले खेलाडीहरूले खेलकुदमा मात्रै लागेर देशको राजनीतिबारे चिन्तन गरेनन् भने दुःख पाउने बताउँदै २०४६ सालको आन्दोलनले मसानघाटमा पु¥याएका पूर्वपञ्चहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई एमाले र नेकाले पालैपालो मन्त्री बनाउनाले नै अहिलेको स्थिति उत्पन्न भएको बताउनुभयो ।
देशमा गणतन्त्र स्थापना भए पनि शासक दलहरूले जनभावनाअनुसार काम गर्न नसक्दा अहिले राजावादीहरूले टाउको उठाउन थालेको उल्लेख गर्दै उहाँले अरुको भरमा राजनीति गर्नेहरूले देशलाई अगाडि बढाउन सक्दैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो,“ आलोचना गर्नेहरूभन्दा बाहिर प्रशंसा गरेर भित्र भित्र खुट्टा तान्नेहरूदेखि खेलाडीहरू सधैँ सचेत हुनुपर्छ ।”
उपप्रमुख रजनी जोशीले जिम्न्यास्टिक खेलको अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले खेल खेलाउने मात्रै होइन सम्मान गर्न पनि जानेको बताउनुभयो ।
भक्तपुर जिम्न्यास्टिक सङ्घका अध्यक्ष दिपककृष्ण प्रजापतिले कमजोरी सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगितापछि जिम्न्यास्टिक प्रशिक्षार्थीहरू उत्साहित भएको विचार व्यक्त गर्नुभयो ।
Leave a Reply