भर्खरै :

शन्चौ–२० मानवयुक्त अन्तरिक्ष यानको प्रक्षेपण पूर्ण रूपमा सफल

शन्चौ–२० मानवयुक्त अन्तरिक्ष यानको प्रक्षेपण पूर्ण रूपमा सफल

चीनको मानवयुक्त अन्तरिक्ष परियोजना कार्यालयबाट थाहा भएअनुसारअप्रिल २४ को अपरान्ह ५ः१७ बजे (पेइचिङ समय) शन्चौ २० म्यान्डेड अन्तरिक्ष यान बोकेको लङ मार्च २ एफ याओ–२० क्यारियर रकेटलाई जिउ क्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ । लगभग १० मिनेटपछि शन्चौ २० अन्तरिक्ष यान सफलतापूर्वक रकेटबाट अलग भयो र पूर्वनिर्धारित कक्षामा प्रवेश ग¥यो । हाल अन्तरिक्ष यात्री टोली राम्रो अवस्थामा छ र प्रक्षेपण पूर्ण रूपमा सफल भएको छ ।
यो मिसन चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको पाँचौँ मानवयुक्त उडान मिसन हो । यो परियोजना सुरु भएदेखि ३५ औँ प्रक्षेपण मिसन हो । हालसम्म चीनका २६ जना अन्तरिक्ष यात्री र ४१ जना उडान अभियान सञ्चालन गर्न अन्तरिक्षमा प्रवेश गरेका छन् । यो मिसन लङ मार्च शृङ्खलाको प्रक्षेपण सवारी साधनको ५७१ औँ उडान र शन्चौ अन्तरिक्ष यानको २० औँ उडान पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *