चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, १६ वैशाख । आर्युवेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा पूर्ण स्तनपान प्रवद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरूलाई आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले शिशुको शारीरिक एवम् मानसिक विकासमा स्तनपानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बजारमा पाइने विभिन्न प्रकारका पाउडर दूध आमाको दूधजस्तो पोषिलो नहुने बताउनुभयो ।
उहाँले पाउडर दूध निकै खर्चिलो भएको बताउँदै सरकारले आयुर्वेद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली जडीबुटीको सदुपयोग र संरक्षण गर्न पनि आयुर्वेदलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले स्वदेशमै उत्पादित जडीबुटीबाट आयुर्वेदिक औषधि उत्पादन गरी त्यसको व्यवस्थापन र बजारीकरण गर्दै देशलाई आत्मनिर्भरताको बाटोतर्फ लान सकिने धारणा राख्नुभयो ।
स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको बताउँदै उहाँले युवा विद्यार्थीहरूमा स्वयम्सेवी भावनाको विकास गराउनुपर्ने र सेवा दिने विषयमा स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्राचीनकालदेखि प्रचलनमा आएको आयुर्वेदको विकास मानव विकासको यात्राभन्दा अगाडिदेखि भएको बताउँदै यसको प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले स्तनपानले आमा र शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बाल्यकालमा पर्याप्त रूपमा आमाको दूध खान नपाएका बच्चाहरू तुलनात्मक रूपमा रोगी हुने गरेको बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख डा. नदन कँडेलले स्तनपान र आयुर्वेदिक उपचारबारे प्रस्तुतीकरण दिँदै गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बन्ने प्रक्रिया सुरु हुने बताउँदै उहाँले पहिलो बिगौते दूध बच्चाको लागि अमृतसमान हुने र त्यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने बताउनुभयो ।
Leave a Reply