लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, १३ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ ९ वडा समिति, भक्तपुरको आयोजनामा आइतबार प्रदेशसभा सदस्यसँग युवा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशको राजधानी काठमाडौं राख्नु हुन्न भन्दा केही गुण्डा भनाउँदाहरूले अराजनीतिक क्रियाकलाप गरेको बताउनुभयो । नेमकिपाले विकेन्द्रीकरणको सिद्धान्त र सङ्घीयताको प्रावधानअनुसार प्रदेशको राजधानी काठमाडौं बाहिर लानुपर्नेमा उहाँले स्पष्ट पार्नुभयो ।
चीन संसदीय राजनीतिको फोहोरी खेलबाट टाढा भएकोले पच्छिमा देशहरूभन्दा चाँडो विकास गर्न सकेको र समाजवादी बस्दोबस्तले चीन विकासमा विश्व नं. १ बन्न लागेको उहाँले बताउनुभयो । पूँजीवादी चुनावको खराब पक्ष भनेको पैसा खर्च गरेर चुनाव जित्ने र त्यसलाई लगानीको रुपमा पछि ब्याजसहित उठाउने गरेको चर्चा गर्दै युवाहरू सचेत हुनुपर्छ उहाँले भन्नुभयो ।
अर्का प्रदेशसभा सदस्य सृजना सैंजुले प्रदेशसभाको पहिलो बैठकबारे चर्चा गर्दै सरकारी काम अव्यवस्थित भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विकास प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वडा अध्यक्ष रवीन्द्र ज्याख्व, राजाराम दुवाल, दीपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो । राज छुस्याकी र रत्नप्रसाद प्रजापतिले सांसदद्वयलाई खाडा ओढाई स्वागत गर्नुभएको थियोे ।
Leave a Reply